नसर्ने रोगहरु बारे जानकारी : मधुमेह , उच्च रक्तचाप , पक्ष्घात्, हृदयघात, मृगौलाको रोग
नेपालमा नसर्ने रोग दिन प्रतिदिन बढ्दै गैरहेको छ । विकसित मूलुकहरुमा नसर्ने जस्ता रोगहरु जुन जीवनशैली , खानपान , ब्यस्ताले गर्दा बिभिन्न रोगहरु निम्त्याउन बाध्य्र भएँको छ । यस्मा बिभिन्न रोग हरु जस्तै मधुमेह , उच्च रक्तचाप , पक्ष्घात्, हृदयघात, मृगौलाको रोग उच्च स्थानमा रहेका छन् ।
नेपालमा पनि विगत केही वर्षदेखी नसर्ने रोग हरुमा मधुमेह , मोटोपना, दम, हृदयघात, मुटु रोग , मृगौला आदि रोगहरु बाट ग्रसित भइरहेको छ। अबको आउने १० /११ वर्षमा नै मधुमेह रोगीको संख्या दोब्बर हुने सम्भाब्ना धेरै नै दिखिएको छ । हाबी आफै एति धेरै ब्यस्त छौ की आफ्नो लागी समय नै छैन केही समय निकालेर शारिरिक क्रियाकलाप , गतिविधि गर्ने, समयमा खानेकुरा खाने, नियमित चिकित्सकको परामर्श लिने , फुर्सद नै छैन। समयको बचतले गर्दा हामी ताजा खानेकुरा खान सकेका छैनौ, शारिरिक क्रियाकलाप पनि खासै भएँको हुँदैन , हामी कामको चापले गर्दा होटेलबाट तयारी खानेकुरा मगाएर खान्छौ, बटटाको, खानेकुरा अत्याधिक नुनिलो , चिल्लो ,भएँकोले त्यस्तो खानाले हाम्रो शरिरमा नराम्रो असर गर्दछन् । अभिभावकहरुको व्यस्ततले गर्दा बाल बालिकाको पोषण स्तर एक्दमै खस्किदै गैरहेको छ । हामी एक्दम बिरामी भएँ पछाडी मात्र चिकित्सक कहाँ देखाउन जान्छौ, जबकि कम्तीमा पनि ६/६ महिना मा चेकजाँच गराउनु पर्छ । नेपालमा ३० लाख मृगौलाको बिरामीहरु छन् , त्यसैतै ८० प्रतिशत तँ मधुमेह , उच्च रक्तचाप आदिले गर्दा नै मृगौला बिगृने गर्दछन् । मृगौला प्रत्यारोपन गर्न नमिल्ने भएँपछि, डायलाइसिस गराउनु पर्ने हुन्छ , अहिले डाइलाइसिस भएँको बिरामी दिनदिनै बढ्दै गैरहेको छ । यसको बिभिन्न कारणहरुमा मधुमेह , उच्च रक्तचाप , माानसिक तनाव, खानपिन , रहन सहन्, मोटोपाना , दम, आदि हुन् , । यसको मूख्य लक्ष्नहरु @ पिसाब फेर्दा गार्हो हुनु , ज्वरो आउनु, पिसाब अनियन्त्रित हुनु, एकैचोटि राम्ररी नहुनु @ कमजोरी हुनु, हातखुट्टा , पेट फुल्नु, पिसाब पोल्नु, दिसा लागी रहनु, सुस्त , काम गर्न जागर नचल्नु, @ छाला फुस्रो हुनु, तौल घाटदाई जनु, पिसाबको रङ पहेँलो हुनु, तथा अलि अलि रगत देखिनु, पिसाब पोल्नु, आदि , देखापर्न सक्छन् , तर कतिपयलाइ कुनै पनि लक्षन देखा पर्दैन । जसले गर्दा रोग लगेको पत्तो नै हुँदैन । डायलाइसिस बिरामीलाइ अरु बिरामीको जसरी नै पोशिलो खानेकुरा दिनुपर्छ , डायलाइसिस गराउदा शरिर कमजोर भाको हुन्छन् , रगतको कमि, कूपोशन आदिले दुब्लाउदै जान्छन् , त्यस्तो बेलामा सन्तुलित आहारको आब्सयक्ता बढी पर्दछ । आहार तालिका बिरामीको उमेर , तौल , काम गर्ने ब्याबसाय , रुचि, शाकहारि, मान्शाहारि, समुदाय , पेसा , आय आर्जन्, सबै हेरेर गर्नु पर्छ । बिरामीको दिनचर्या कस्तो छ, त्यो नि हेर्नुपर्ने हुन्छन् । खानेकुरामा अत्याधिक मात्रामा सोडियम, पोटासियम, फोस्फोरस्, आदिको मात्रा हेर्नु पर्छ। यहाँ खानेकुरामा कम सोडियम, पोटासियम, फोसफोरस खानेकुराहरु तल उल्लेख गरिएको छ । @ कम सोडियम भएँको खानेकुराहरु ब्रोकाउलि, स्याउ, स्याउको जुस्, गहुँको पास्ता, आलु, सखरखनड, पानि सिंगडा, माछा ,मासु, टुना, अण्डा , दहि, दूध , एभोकाडो, बदाम, मकेे,चिया, भेज सुप्, लसुन्, आदि @ कम पोटासियम भएँको खानेकुराहरु स्याउ, स्याउको जुस्, भात्, हरियो सिमि, काउलि, दूध(तर भएँको ), चेरि, भ।नटा , अंगुर , भुइ कटहर, सेतो चयााउ, खरभूजा, आदि @ कम फोस्फोरस खानेकुराहरु ताजा खानेकुरा , भात , दूध , चिज सानो टुक्रा , फलफूल , पाउरोटि, अण्डा सेतो भाग्, माछा, मासु, आदि। मृगौला, डायलाइसिसको बिरामीलाइ सन्तुलित आहारको आब्सयक्ता पर्दछ । शरिरमा बिभिन्न प्रकारको सुक्ष्म तत्वको कमी भएमा, संक्रमण हुने, रगतको कमि, आदि भइरहन्छ , सुक्षम पोषण तत्वको कमी भएमा, रोग सँग लड्ने क्ष्म्ता कम भाएमा झन शरिर कमजोर हुँदै जान्छन् । बिरामीले कस्तो प्रकारको झोल कुराहरू सेवन गरिरा छन् , त्यो पनि हेर्नुपर्ने हुन्छ , साथै , खानेकुरामा अत्याधिक पोटासियमको सेबन गर्दा मुटुमा नराम्रो असर पर्न सक्छ , जसले गर्दा मृत्यु पनि हुन सक्छन् । @ बिरामीसँग आहार परामर्श बिरामीसँग परामर्श एक्दम आब्स्यक छ , हामी बिरामीलाइ समया दिनै पर्छ , बिरामी सँग खानेकुराको सही जान्कारि, कुनै प्रकारकी एलर्जि छ , छैन्, सबै हेर्नु पर्छ , उसको रुचि, वानि, पोषण स्तर सबै बुझ्नु पर्छ । कतिपय बिरामी अस्पतालको सैयामा बस्दा दिक्क मानेर खाानमा रुचि नै हराएको पाइन्छ्, मन्मा बिभिन्न प्रकारको भव्ना आउँदा आफू धेरै नै बिरामी भएँको महशुस गरेर झन् झन् बिरामी हुन्छन् , फेरी डायलाइसिसको बिरामी केही घण्टा मा नै घर फर्किन हुँदा राम्ररी आहार परामर्श दिनुपर्छ । तौल घटनु, खान मन नलाग्नु, कमजोरी महशुस गर्नु , मनमा धेरै कुराहरू खेलाउने , नकारात्मक सोचाइले, गर्दा स्वास्थमा एक्दम नराम्रो असर परिरहेको हुन्छन् । जसले गर्दा परिबार , समाजबाट अलि टाढा नै बस्ने गर्दछन् , यस्तो बेलामा सकरात्मक , उत्साहजनक कुराहरू बिरामी सामु भन्नु पर्छ , खानेकुराको महत्व, सही पोषणको ऊपयोगिताको बारेमा जानकारि राम्रो तरिकाले गराउनु पर्छ । हाम्रो शरिरमा करिब ८० प्रतिशत रोगहरु मधुमेहको कारणले गर्दा नै हुन्छन् , त्यस्तै उचित खानपान , रहन सहन्, बयस्त जिबनशैलिले गर्दा झन् रोगहरु हाम्रो शरिरलाइ नास गरेर अकाल नै मृत्युको सङ्हरमा पुर्याउने गर्दछन् । त्यस्तै मृगौला सुन्निने रोग ( ग्लोमेरुलोनेफ्राइटिस ) दिनदिनै नेपालमा बढी नै रहेको छ , अहिले नेपालमा करिब ३० लाख मृगौला रोगी यसबाट ग्रसित छन् । मिरा शाह आहार तथा पोषण विशेषज्ञ किर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल नेपाल नेशनल अस्पताल (मार्क इन्टरनेशनल कीडनी सेनटर ) |