नागरिक पोष्ट News


महिला हिसां कम गर्न आत्मरक्षा तालिम

5.3K

काठमाण्डौँ । मन्टेश्वरीका शिक्षिकालाई लक्षित गर्दै ‘एक दिने आत्मरक्षा तालिम’ सम्पन्न भएको छ ।

महिला हिंसा र आक्रमणलाई न्युनिकरण गर्न आत्मरक्षाका तरिका सिकाउने र आफ्नो समुदायका महिला तथा बालबालिकालाई पनि यस बिषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको मिनिप्लानेट किण्डर जोय मन्टेश्वरीका प्रिन्सिपल रिता आचार्यले बताइन् । 

महालक्ष्मीस्थित मिनिप्लानेट किण्डरजोय मन्टेश्वरी र कुमारीपाटीस्थित फिनिक्स मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरको संयुक्त आयोजनामा भएको उक्त तालिममा काठमाण्डौ र ललितपुर जिल्लाबाट मन्टेश्वरीका सञ्चालक, प्रिन्सिपल, शिक्षिका र स्थानिय महिलाको सहभागिता रहेको  फिनिक्स मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरका सञ्चालक रिता घिमिरे तिमिल्सिनाले जानकारी दिइन् । 

 

शनिबार सञ्चालन गरिएको सो तालिममा भारत लखनउका कल्की आर्ट अफ सेल्फ डिफेन्सका प्रशिक्षक गौरव सिंह चौहानले प्रशिक्षण दिएका थिए । प्रशिक्षक चौहानले भारतलगायत नेपाल, रसिया, थाइल्याण्ड, कम्बोडिया आदि देशका करिब एक लाख ५० हजार महिलालाई प्रशिक्षण दिइसकेका छन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ५ का अध्यक्ष राजकुमार शिलवालको पनि सहभागिता रहेको थियो ।

Must View