नागरिक पोष्ट News


बैंकबाट ऋण लिनेले अरुलाई ऋण दिन नपाउने, दिए कारबाही

2.4K

 कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई ऋण दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको खराब कर्जा कायम गर्ने व्यवस्था संशोधन गर्दै त्यसरी कर्जा दिएको पाइएमा त्यस्तो कर्जालाई तत्कालै खराब कर्जामा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने भएको हो ।

यदि कसैले त्यस्तो गरेको पाइएमा सो कर्जा तुरुन्तै खराब कर्जामा रुपान्तरण हुनेछ भने सो व्यक्तिलाई कालोसूचीमा उक्त व्यक्तिको धितो सम्पत्ति लिलामीको प्रक्रिया तत्कालै सुरु हुनेछ भने खराब ऋणीको जस्तै कारुरबाही समेत हुनेछ । तर पहिले नै लिइएको ऋण तिर्ने वा अन्य आवश्यक क्षेत्रमा लगानी गर्न भने यो निर्देशनले बाधा पुर्याउने छैन ।

Must View