एक्लाे महसुस ? यसरी हटाउनुहाेस् एक्लाेपन, २३ उपाय, जसले जीवनभर खुसी राख्छ
मान्छे एक्लै जन्मिछ । तर जन्मिसकेपछी विस्तारै अरूकाे साथ पाउदै गर्दा उ अरूमाथी कामले मात्र नभइ भावनात्मक रूपमा पनि परनिर्भर रहन थाल्छन् । उसलाइ अरूले अाफुलाइ स्विकारून्, अाफुलाइ सहयाेग गरून्, माया गरून्र, सम्मान गरून् भन्ने अपेक्षा हुन्छ । तर जव जिवन अगाडी बढ्दै जान्छ, ती अपेक्षा काही गएर टुक्रिएकाे जस्ताे लाग्छ र उ अाफुलाइ एक्लाे महसुस गर्न थाल्छ ।
१. पत्ता लगाउनुहोस्, म के गर्दै छु
२ आत्मविश्वास बढाउनुहोस्
३. आफ्नो सिकाइमा सक्दो ऊर्जा थप्दै जानुहोस्
४. खराब कुराहरू हटाएर जीवन सन्तुलनमा राख्नुहोस्
५. खुसी हुनका लागि आफू मानसिक रूपमा तयार हुनुहोस्
६. सकारात्मक सोच बनाउनुहोस्
७. नराम्रो कुरामा पनि राम्रो कुरा खोज्ने प्रयास गर्नुहोस्
८. सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्
९. जे गर्दा खुसी मिल्छ, त्यही गर्नुहोस्
१०. अरूसँग नम्र बोल्नुहोस्
११. नकारात्मक सोच त्याग्नुहोस्
सबैभन्दा पहिले त याे स्विकार्नुहाेस् की, तपाइ एक्लाे नै हुनुहुन्छ । तपाइसँग भएका साथीहरू, नजिकका भनिएका मान्छेहरूले जतिबेला पनि तपाइकाे साथ छाेड्न सक्छन् । जिवन भनेकाे निरन्तर चलिरहेकाे यात्रा हाे । याे यात्रामा कयाैँ मान्छे भेटिन्छन् र छुट्टिन्छन्।
अाफ्ने दिमागलाइ व्यस्त बनाउनुहाेस् । जब अाफ्नाे दिमागलाइ व्यस्त बनाउनुहुन्छ, तपाइकाे व्यक्तित्व विकास हुन थाल्छ, सकरात्मक साेच अाउन थाल्छन् र डर तथा निराशाहरू घट्न थाल्छन् । पत्रपत्रिका पढ्नुहाेस्, अन्य पुस्तक पढ्नुहाेस्, नयाँ नयाँ कुरा सिक्नुहाेस्, काम गर्नुहाेस्, नाच्नुहाेस्, गाउनुहाेस्, खाली नबस्नुहाेस् ।
१२ सधैँ स्पष्ट हुनुहोस्
१३. जीवनको महत्व बुझ्नुहोस्
१४. राम्रोका लागि ध्यान दिनुहोस्
१५. यस्तो कल्पना गर्नुहोस् जसले नयाँ बाटो बनाओस्
१६. शान्त बस्नुहोस्
१७. तपाईंको विचारमा खुसी के हो जान्नुहोस्
१८. जीवन बाँचेपछि सहज हुन्छ
१९. आफ्ना लागि आफैँ बोल्नुहोस्
२०. आफ्नो उद्देश्य पत्ता लगाउनुहोस्
२१. सम्बन्ध अर्थपूर्ण बनाउनुहोस्
२२ अखाद्य वस्तुको प्रयोग बन्द गर्नुहोस्
२३. आफूले आफूलाई नियन्त्रणमा राख्नुहोस्
रून मन लागीरहेकाे छ भने एक्लै चिच्याएर रूनुहाेस् । फेरी, तपाइकाे परिवारकाे सदस्य, तपाइका साथी मध्यमा यस्ताे काेही व्यक्ति हुन्छ, जाेसँग तपाइले अाफ्नाे मनमा अाएका कुरा राख्न सक्नुहुन्छ । उनीहरूसँग कुरा गर्नुहाेस् ।
हरेका दिन नयाँ हाे । भाेलीले नयाँ सम्भावना बाेकेर अाउने छ । अाशावादी रहनुहाेस् । अाफुमाथी विश्वास राख्नुहाेस् । भाग्यमा हाेइन, कर्ममा भर पर्नुहाेस् ।र, यदि धेरै दिनसम्म नै अाफुलाइ एक्लाे महसुस गर्नुभयाे या कमजाेर महसुस गर्नुभयाे भने मनाेवैज्ञानिकलाइ भेटेर परामर्श लिनुहाेस् ।