दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन आग्रह
2.6K
लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्।
डेङ्गीको लक्षण कस्तो हुन्छ ?
उच्च ज्वरो डेङ्गी रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ। केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ।
‘बेहोस हुने तथा उच्च रक्तस्राव हुने जस्ता लक्षण पनि कतिपयमा देखिन्छ,’ डा.लालले भने। ‘विश्व स्वास्थय सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्यु दर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।’
रोगबाट बच्ने के कस्ता उपाय छन् ?
- लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
- खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
- पानी छोपेर राख्ने
- शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
- सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
- दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
- लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने
- डेङ्गी सङ्क्रमण रोक्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रण हो