एटिएमबाट रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने
2.8K
केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ ।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।
यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पु¥याएको नमानिने निर्देशनमा उल्लेख छ ।