जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन – गौतम बुद्ध
शान्तिका दूत भगवान् गौतम बुद्धको उपदेश अहिले संसारभरका अनुयायीहरुले आजका दिनमा पनि पालना गरिरहेका छन् । उनका उपदेशले धेरैलाई राम्रो बाटोमा ल्याएको छ । उनी बौद्ध धर्मका प्रणेता हुन् ।
बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा उनको निधन भएता पनि उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । बुद्ध कहलाईनु अघि उनको नाम सिद्धार्थ गौतम थियो । उनका उपदेशहरु मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने खालका छन् । उनका विचारले जीवनमा सधैं अगाडि बढ्न मद्दत गर्नेछ ।
उनका उपदेशले नै संसारका करोडौं मानिसहरुलाई उत्प्रेरणा दिएको छ । हेर्नुहोस् बुद्धका केहि उपदेशहरु जसले तपाइँको जीवन नै बदल्न सक्छ ९ शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ । जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।
तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा हैन, यो राम्रो कुरा हो । एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस ।