नागरिक पोष्ट News


भारतमा जेलबाट निस्केर श्रीमतीसँगै आत्महत्या काण्डले सबैको होश उडायो

2.4K

भारतमा एउटा सनसनीपूर्ण आत्महत्याको घटनाले सबैको होश उडाएको छ ।

दिल्लीसँग जोडिएको हरियाणाको फरीदाबादमा जन्मकैदको सजाय काटिरहेका सुनिल वाधवा र उनकी श्रीमती ज्योति वाधवाले गेष्ट हाउसमा एकसाथ आत्महत्या गरेका थिए । अनुसन्धान अधिकारीका अनुसार उनीहरुको आत्महत्याको पछाडि खास कारण हुन सक्छ । उनीहरु घरबाटै आत्महत्याको योजना बनाएर गेष्ट हाउस गएका थिए वा गेष्ट हाउसमै आत्महत्याको योजना बनाए भन्ने खोजीको विषय बनेको छ ।

 सुनिल जेलबाट पेरोलमा बाहिर आएका थिए र शनिबार पेरोलको अवधि सकिएपछि आफू पुनः जेल फर्किने उनले बताएका थिए । आफू शनिबार जेल फर्किने भएकोले एक रात श्रीमतीसँग बाहिर बिताउने चाहना भएको भन्दै उनले श्रीमती ज्योतिलाई लिएर गेष्ट हाउस गएका थिए । दुवै शुक्रबार बिहान ५ बजेतिर फर्कने भन्दै घरबाट निस्केका थिए ।

शुक्रबार दुवै छोराहरु सधैंझैं स्कुल गएका थिए । उनीहरु स्कुलबाट फर्केपछि घटनाबारे थाहा पाए । यो थाहा पाउनासाथ उनीहरुको होश उड्यो । सुनील पंखामा झुण्डिएका थिए र ज्योति बेडमा मृत अवस्थामा थिइन् ।

कोठाभित्र के भयो भन्ने स्पष्ट छैन । तर, ज्योतिको घाँटीमा भेटिएको चिन्ह हेर्दा पहिले ज्योतिले आत्महत्या गरेको, त्यसपछि उनको शनलाई तल झारेर त्यही डोरीले पंखामा झुण्डिएर सुनिलले आत्महत्या गरेको आशंका गरिएको छ । ज्योतिको घाँटीमा डोरीको निशान लम्बाइमा भएकोले उनले झुण्डिएर आत्महत्या गरेको अनुमान गरिएको हो । यदि उनको घाँटी थिचेर मारिएको भए डोरीको निशान गोलाइमा हुनुपर्ने थियो । पुलिसले दुवै शवलाई पोष्टमार्टमको लागि बीके अस्पताल पठाएको छ ।

३९ वर्षीय सुनिल १० वर्ष पहिले भएको एक हत्यामा जन्मकैदको सजाय काटिरहेका थिए । अहिले उनी एक महिनाको पेरोलमा घर आएका थिए । शनिबार उनको पेरोलको अवधि समाप्त हुनेवाला थियो त्यसपछि उनी पुनः जेल फर्किनुपर्ने थियो । यएक दिनपछि जेल फर्किनुपर्ने भएकोले बाँकी समय श्रीमतीसँग बिताउने भन्दै सुनिल ज्योतिलाई लिएर निस्केका थिए । उनीहरुले आफूहरु बस्ने गेष्ट हाउस र कोठा नम्बर समेत घरमा बताएर निस्केका थिए ।

बिहान उनीहरु बताएको समयमा घर नफर्केपछि परिवारले फोन गर्न थाले तर फोन उठेन । त्यसपछि १० बजेतिर सुनिलका दाजु अनिल आफ्नी श्रमितीलाई लिएर गेष्ट हाउस गए । शशीका अनुसार उनीहरुलाई सुरुमा भित्र जानै दिइएन । निकै बहसपछि जब कोठा नम्बर ४०६ को ढोका खोल्दा उनीहरुको होश उड्यो । कोठाभित्र दुवै मृत थिए । यसको सूचना तत्काल पुलिसलाई दिइयो । पुलिसले कोठामा कुनै सुसाइड नोट भेटेन ।

Must View