नागरिक पोष्ट News


एटीएम ह्याकरको निशानामा ! ५ चिनियाँ नागरिक एटिएमबाट पैसा निकाल्दै गर्दा पक्राउ

2.9K

अनधिकृत रुपमा रकम निकाल्ने पाँच चिनीयालाई प्रहरीले पक्राउ गरेसँगै केही नेपाली बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अनिश्चित कालका लागि बन्द गरेका छन्। एनआइसी एसिया र प्रभु बै‌ंककाे सिस्टम नै ह्याक गरिएकाे छ भने नबिल बैंकका एटीएमबाट ठूलाे मात्रामा नगद झिकिएकाे छ। सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ ५ चिनियाँ नागरिकलाई एटिएकबाट अनाधिकृत रुपमा रकम निकाल्दै गर्दा समातेको थियो। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ । बरामद गरिएको सबै रकम बैंकका खातावालाको एकाउन्टबाट अनधिकृत रुपमा निकालिएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट रकम झिकिएकाे आशंका गरिएकाे छ। 

Must View