नागरिक पोष्ट News


नेपालकी मनिका सुनारले जितिन अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

2.1K

मनिका सुनारले दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप “अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट”  प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन) मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छिन् ।

कोरियाली सरकारको स्वीकृतीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीले जानकारी दिएका छन् । गिरीले तङ्ग–ईल मो–दो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

Must View