नागरिक पोष्ट News


गौहत्या प्रकरण :दोषीलाई कार्वाही गर्न चौतर्फी दवाव, गृहमन्त्रालयबाट समिति गठन, सात जना पक्राउ

2.9K
बेवारिसे १४२ लाई नेपालगञ्ज पठाइयो, ३० को मृत्यु 

दैलेख पुर्याउने भनी रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई नेपालगञ्ज फिर्ता पठाउन थालेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको सङ्ख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए–नभएको यकिन हुने प्रहरीको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो । तर, शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित–मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।        “यहाँ त्यति ठूलो सङ्ख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्,” उनले भने । भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।     Image result for गौहत्यारालाई कार्वाही गर्न चौतर्फी दवाव       शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो ।

 गाई मृत भेटिएको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण      नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत कटकुवा वन क्षेत्रमा करीब दुई दर्जन गाई मृत र सयौँको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।             काङ्ग्रेस संसदीय दलले एक विज्ञप्तिमार्फत गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरेको छ ।             पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा यस्ता घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय भएको उल्लेख गर्दै गौहत्याप्रति आपत्ति र भत्र्सना गरिएको छ । 

काङ्ग्रेसले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरिन नदिन सरकार एवं सम्बन्धित निकायसँग माग गरेको छ ।     

गृह मन्त्रालयद्धारा छानबिन समिति गठन  गृह मन्त्रालयले गाई मार्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ। अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी गराउँदै गृहले दोषीलाई कानुन बोमोजिमको कारवाही गर्ने प्रतिबद्धता जनाएको हो । 

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृहमन्त्रालय प्रतिबद्ध रहेको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ’, मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ। 

छानबिन समितिलाई १५ दिनको समय दिइएको छ। गृहले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो।  

Must View