गगन थापा धर्नामा : किन र कसका लागि ? सामाजिक संजालमा अनेक टिका टिप्पणी
1.6K
नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफ्नो क्षेत्रमा सडक निर्माणमा ढिलासुस्ती भए पछि सडक बिभागमा सांकेतिक धर्ना कार्यक्रम गरे।
लामो समयदेखि बिभिन्न निकायमा धाउँदा, अनेक बैठकहरु गरेर ठेकेदारलाई काम गर्ने सहज वातावरण बनाईदिंदा पनि काम नभए पछि धर्ना जस्तो बिरोधको कार्यक्रम गर्न परेको थापाले बताएका छन्।
उनको बिरोधलाई लिएर सामाजिक संजालमा अनेक टिका टिप्पणी पनि भएका छन्। उनी जस्ता सांसदले संसदबाट आफ्नो आवाज उठाउनु पर्ने भन्ने पक्ष पनि रहेको छ। थापा जस्ता सांसद सडकमा आई हाल्न नहुने बिचार एकथरीको छ भने अर्काथरीले उनको समर्थन गरेका छन्।
सामाजिक संजालमा उनको पक्षमा समर्थन बढि देखिएको छ। केहिले प्राईवेट बिधेयकको कुरा गरेका छन् भने केहिले ठेक्का पट्टाको कानुन परिवर्तन गर्न पर्ने कुरा उठाएका छन्। यस्ता प्रश्नहरु सबैको सिधा उत्तर सांसद थापासँग रहेको छ।