पत्रकार सुबेदीलाई आइसिटी पत्रकार विकास मञ्चको मानार्थ सदस्यता प्रदान
भाद्र १०, काठमाडौं ।
आइसिटी पत्रकार विकास मञ्चले चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । भाद्र १० गते बसेको मञ्चको नियमित बैठकले बिधानअनुरुप सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरेको सस्थापक अध्यक्ष भरतराज उप्रेतिले जानकारी दिएका छन् ।
टिभी फिल्मीको स्टेशन म्यानेजर तथा लेन्सनेपाल डटकममा प्रकाशक तथा पत्रकारका रुपमा कार्यरत सुबेदी चलचित्र पत्रकार संघ नेपालको पूर्व केन्द्रिय उपाध्यक्ष समेत हुन् । छोटो समयमा नै चलचित्र पत्रकारितामा उल्लेख्य योगदान पु¥याउनुका साथै सुबेदीले सूचना र प्रबिधीको प्रयोग गर्दै लेन्सनेपाल डटकमका माध्यमबाट चलचित्र पत्रकारितामा नयाँ आयाम सृजना गर्न सफल भएकोले संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको उप्रेतिको भनाई छ ।
उप्रेतिका अनुसार बरिष्ठ पत्रकार तथा मञ्चका सल्लाहकार रामकृष्ण कर्माचार्य, बरिष्ठ पत्रकार सुवास ढकाल र बरिष्ठ पत्रकार विजयरत्न तुलाधरको सिफारिसका आधारमा सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो । साथै सो बैठकले कम्प्युटर बैज्ञानिक मुनि बहादुर शाक्य र लेखक लेख रत्न शाक्यलाई पनि मञ्चको मानार्थ सदस्यता प्रदान गरेको छ । मानार्थ सदस्यता प्रदान गरेका बिशिष्ठ ब्यक्तित्वहरुलाई मंगलबार नै मानार्थ सदस्यको प्रमाणपत्र र परिचयपत्र प्रदान गरिएको छ ।
सूचना, सञ्चार तथा प्रबिधीको क्षेत्रमा काम गर्ने पकारहरुको छाता सस्थाका रुपमा २०६७ सालमा मञ्चको स्थापना भएको हो ।