रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
2.3K
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।
अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।
तीनैजनाको वयान सकिएपछि थुनछेक बहस हुनेछ ।
मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको मुद्दामा दोषी ठहर भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुबै सजाय हुन सक्छ ।