हिरासतमा रहेका रवि लामिछानेलाई आइजी खनालले भने- अनुसन्धानमा सहयोग गर्नुस्
काठमाडौं- चितवन प्रहरीको हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रहरी प्रमुख (आइजी) सवेन्द्र खनालले भेट गरेका छन्।
प्रहरीको हिरासत अनुगमनका क्रममा चितवन पुगेका आइजी खनालले रविलाई भेटेका हुन्। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महसुस नगर्न समेत आग्रह गरेका थिए।
खनालले लामिछानेलाई असुरक्षित महसुस भएको कारणसमेत जानकारी गराउन आग्रह गरेको जोशीले बताए। सोक्रममा आइजी खनालले अर्का पत्रकार युवराज कँडेललाई पनि भेटेका थिए।
दुवै जनालाई भेटको क्रममा खनालले अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेका छन्।
कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने र सोही कार्यक्रममा आवद्ध कँडेल पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्यामा दुरुत्साहन गरेको आ रोपमा हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।