रबि लामिछाने हिरासत बारे वकिल र एसपीको प्रेस मीट, के के भने हेर्नुहोस (भिडियो सहित)
5K
संचारकर्मी रवि लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन्। प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे।
रबि लामिछाने सहित र युवराज कंडेल र नर्स अस्मिता कार्कीको बहस गरेका अधिबक्ता र एसपीले गरेको पत्रकार सम्मेलनमा के के भने हेर्नुहोस भिडियो सहित