पत्रकार शालिकराम प्रकरण :सञ्चारसम्बद्ध बिभिन्न संस्थाहरु गम्भीर, घटनाबारे निष्पक्ष छानविनको म
नेपाल पत्रकार महासंघसहित पत्रकार सञ्चार आबद्ध बिभिन्न संघसंस्थाहरुले न्यूज २४ टेलिजिभनमा भएको प्रहरीको हर्कतप्रति गम्भीर आपत्ति जनाएका छन् ।
काठमाडौंमा भएको छलफल पछि जारी प्रेस नोटमा गत साउन ३१ गते बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा विना अनुमति प्रहरी प्रवेश गरेर त्यहाँ कार्यरत् पत्रकारहरुलाई नियन्त्रणमा लिने, क्यामेरा, मोवाइल खोस्ने कामप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रेस नोटमा अगाडि भनिएको छ ‘ सामान्य अन्तर्राष्ट्रिय मापदण्डको समेत ख्याल नगरी ४०\ ५० जनाको संख्यामा प्रहरीको सञ्चारगृहमा प्रवेशले धेरै प्रश्नहरु उठाएका छन् । सञ्चारगृहको अनुमतिसम्म माग्ने काम नभएकोमा दुःख व्यक्त गर्दै सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई समाचार कक्षबाटै पक्राउ गरेको घटनाप्रति खेद व्यक्त गर्दछौं ।
छलफलमा सहभागी संगठनहरुले शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बाहिर सार्वजनिक भएका विभिन्न खाले टिका टिप्पणीले घटनालाई रहस्यमय बनाएको निचोड निकाल्दै घटनाको सत्यरतथ्य छानविन गरी वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ । छलफलले यस प्रकरणमा विभिन्न सञ्चारकर्मीहरुमाथि भएको धरपकड र बलप्रयोगप्रति चिन्ता व्यक्त गर्दै घटनाको भत्सर्ना समेत गरेको छ ।
छलफलमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य , उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी , नेपाल प्रेस संगठनका संयोजक महेश्वर दाहाल , लोकतान्त्रिक छापा माध्यममा राष्ट्रिय समितिका अध्यक्ष दामोदर दवाडी , नेपाल जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे , महासचिव हिम विष्ट र प्रगतिशिल पत्रकार संघका अध्यक्ष नेपाल नारायण शर्माको उपस्थिति रहेको थियो ।