नागरिक पोष्ट News


पत्रकार शालिकराम पुडासैनी प्रकरण : काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान ब्यूरोको टोली चितवन

1.5K

त्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन पुगेको छ । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृ८त भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताउनुभयो 

यसैबीच पत्रकार पुडासैनीको प्रकरणप्रति नागरिक समाजले ग८म्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन प्रदर्शनकारीलाई पनि आग्रह गरिएको छ । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठामा पत्रकार पुडासैनी मृ८त अवस्थामा फेला परेका थिए ।

Must View