नागरिक पोष्ट News


चितवन प्रशासनलाई यस्तो निर्देशन : हुल हुज्जत समेत नगर्न सर्वसाधारणलाई आग्रह

1.9K

चितवनको अवस्था तना८वपूर्ण भएपछि नागरिक समाज, नागरिक दल र सुरक्षा निकायको सर्वदलिय बैठकले अनुसन्धान प्रभावित हुने गरी भइरहेका प्रदर्शन र नारावाजीलाई निरुत्साहित पार्ने निर्णय गरेका छन् । प्रहरी चौकी माथि आक्र८मण समेत हुन थालेपछि यस्तो कृयाकलाप विरुद्ध सत्तारुढ दल नेकपा र प्रतिपक्षि नेपाली कांग्रेस समेत एक भएर त्यस्ता कृयाकलाप बिरुद्ध कडाई गर्ने निर्णय गरेका छन् । उनीहरुले अनुसन्धानलाई प्रभाव पार्नेगरी हुल हुज्जत समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी सहभागी थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि उपस्थित थिए । अदालतवाट म्याद थप भइ आएका ब्यक्तिलाई रिहाईको माग गर्दै भइरहेका प्रदर्शनले चितवनको दैनिक जिवनमा नै असर परीरहेको ठहर गर्दै पक्ष र विपक्षमा हुने यस्ता प्रदर्शन रोक्ने निर्णय वैठकले गरेको छ । हेर्नुहोस बिज्ञप्ति

Must View