नागरिक पोष्ट News


पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले ३ जनाविरुद्ध किटानी जाहेरी

1.5K

काठमाडौँ-शालिकराम पुडासैनीका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।  पुडासैनीका पत्नी सम्झना पुडासैनीले छानविन गर्नका लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत किटानी जाहेरी दिएको चितवन प्रहरीले जनाएको छ ।

सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी हुन्। काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् । 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘परिवारको जाहेरी प्राप्त भएको छ । हामीले शिलबन्दी गरेर चितवन पठाउने तयारी गरिरहेका छौं ।’

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

Must View