नागरिक पोष्ट News


चट्याङ्गसहित भारी वर्षाको सम्भावना, मौसमविदले भने- सतर्क रहनू

2.2K

ठूला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन मौसमविदले सूचित गरेका छन् । हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसमविद समीर श्रेष्ठका अनुसार शनिबार दिउँसो पनि पूर्वी तथा मध्यपहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सतर्क रहनुपर्ने मौसमविदको आग्रह छ ।

 

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

श्रावण ३२ आज र भोली कन्काई,कमला,बागमती र महाकालीमा बहाव बढ्ने,केही सहायक नदीमा सतर्कता आसपास हुन सक्ने,आज झापा,मोरङ,ईलाम,उदयपुर,सिन्धुली,कैलाली,कञ्चनपुर लगायत जिल्ला भई बहने नदीमा बाहव बढ्ने,केही साना नदीमा आकस्मिक बहावको संभावना,सतर्क रहौ @NEOCOfficial http://hydrology.gov.np/cm/files/Flood%20Bulletin_17August_2019_7AM%20(%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%A3-%E0%A5%A9%E0%A5%A8)_1566006544324.pdf …

यसैगरी झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्ला भई बग्ने नदीमा पनि बहाव बढ्ने अनुमान छ । केही साना नदीमा पनि आकस्मिक बहावको सम्भावना भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो मौसमी बुलेटिनमा लेखिएको छ, ‘देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । 

सडक यातायातमा पहिरोका कारण अवरोध आउन सक्ने भएकाले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

Must View