''क्रिश्चियन संस्थाबाट छात्राहरुको भविष्य एकदमै असुरक्षित'' - मद्रास हाइकोर्ट
मद्रास हाई कोर्टले अभिभावकहरुबीच क्रिश्चियन संस्थाबाट छात्राहरु एकदमै असुरक्षित रहेको आम अभिभावकहरुको धारणा रहेको निष्कर्ष निकालेको समाचार नवभारत टाइम्समा उल्लेख छ । राम्रो शिक्षा प्रदान गर्ने नाममा नैतिक शिक्षालाई ध्वस्त गराउने भएकोले ईसाई मिशनरीबाट छात्राहरु असुरक्षित रहेको निष्कर्ष निकालेको हो । उच्च अदालतले यौन उत्पीडनका आरोपी एक प्रफेसरको मुद्दामा सुनवाई गर्दै यस्तो निष्कर्ष निकालेको हो । मद्रास क्रिश्चियन कलेजका प्रोफेसर स्याम्युल टेनिसनमाथि ३४ छात्राहरुलाई यौन उत्पीडनको आरोप लागेको छ ।
न्यायाधीश वैद्यनाथले भने, ‘छात्राहरु र विशेषगरी उनीहरुका अभिभावकहरुमा यो धारणा रहेको छ कि ईसाई संस्थानमा सहशिक्षा उनीहरुको बच्चाको भविष्यको लागि अत्यधिक असुरक्षित छ । अहिलेको अवस्थामा उनीहरुमाथि अन्य धर्मका मानिसहरुलाई ईसाई धर्ममा प्रवेश गर्न अनिवार्य गरेको अनेक आरोपहरु लाग्ने गरेको छ ... यद्यपि उनीहरु राम्रो शिक्षा दिन्छन् । तर, हरेक मानिसमा नैतिकताको शिक्षा महत्वपूर्ण सवालको रुपमा आउने गर्दछ । जुन उनीहरुले दिने शिक्षा भित्र पर्दैन ।''
निर्दोष पुरुषको रक्षाको लागि कानून बदल्न जरूरी- हाई कोर्ट मद्रास क्रिश्चियन कलेज (एमसीसी)को जीव विज्ञान पाठ्यक्रमका कमसेकम ३४ छात्राहरुलाई कलेजका एक प्रोफेसरले यौन उत्पीडन गरेको आरोप लगाइएको छ । ती महिलाहरुको कल्याण र रक्षाका लागि बनाइएको दाईजो विरोधि कानूनसँगै अन्य कैयौं कानूनको दुरुपयोगको समेत ठहर गर्दै सरकारले यी कानूनहरुमा सुधार गर्दै निर्दोष पुरुषको समेत रक्षा गर्ने कानून बनाउन पनि आदेश दिएको छ ।