कश्मीरमा गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु
1.7K

कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’
पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ ।
भारतीय सेनाले प्रतिस्पर्धा गरेको सीमामा गोली हानाहान भएको स्थानलाई पाकिस्तानी सेनाका प्रमुख गफूरले नियन्त्रण रेखा (एलओसी) भनेर ट्वीटरमा पोस्ट गरेका थिए ।