नागरिक पोष्ट News


रवि लामिछाने गिरफ्तार न्युज २४ को कार्यलयबाटै

2.6K

काठमाडौं-शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरु दुबैलाई प्रहरीले न्युज २४ कार्यालयबाट पक्राउ गरेको हो । पुडासैनीले देह त्याग गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएको र त्यसमा रवी सहित तीन जनाको नाम उल्लेख भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको थियो ।

यस अघि आज नै पुडासैनिकी पे्रमिका अस्मिता कार्की पक्राउ परी सकेकी छन् । चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । 

Must View