आखिर असल मान्छेले सधैं किन दु:ख पाउँछन् ? ‘हिरा चम्किन्छ, सुनलाई पोल्नुपर्छ’
उत्प्रेरक भनाइहरु !!
रामकृष्ण परमहंस र उनका चेला स्वामी विवेकानन्दका बीचको यो संवाद ‘कबाडखाना’ नामक एक हिन्दी ब्लगबाट लिइएको हो ।
स्वामी विवेकानन्द : समय निकाल्नै गाह्रो हुने, यता उता दौडधुप गर्दैमा फुर्सद नपाइने ! रामकृष्ण परमहंस : गतिविधिहरूले तिमीलाई व्यस्त राख्छन्, उत्पादकर्ताले स्वतन्त्र बनाउँछ । स्वामी विवेकानन्द : आज जीवन यति जटिल किन छ ? रामकृष्ण परमहंस : जीवनलाई विश्लेषण गर्न बन्द गरिदेऊ । यसले जीवनलाई झन् जटिल बनाउँछ, जीवनलाई मात्र जिऊ व्याख्या नगर । स्वामी विवेकानन्द : हामी सधैं किन दु:खी हुन्छौं ? रामकृष्ण परमहंस : केही न केही कुराले चिन्तित रहनु तिम्रो बानी बनिसक्यो । यसैकारण तिमी खुसी हुन सकिरहेका छैनौं । स्वामी विवेकानन्द : असल मान्छेले सधैं किन दु:ख पाउँछन् ? रामकृष्ण परमहंस : हीरा रगडिएपछि मात्रै चम्किन्छ । शुद्ध हुनका लागि सुनलाई आगोमा पकाउनुपर्छ, खार्नुपर्छ । त्यस्तै असल मानिसहरूले दु:ख पाउने होइन, उनीहरूले परीक्षाहरूबाट गुजि्रनुपर्छ । यस अनुभवबाट उनीहरूको जीवन झन् राम्रो हुन्छ, यो अनुभव बेकार जाँदैन ।
स्वामी विवेकानन्द : तपाईंको मतलब यस्तो अनुभव उपयोगी हुन्छ ? रामकृष्ण परमहंस : हो, हरेक ढंगबाट हेर्दा अनुभव एउटा कठोर शिक्षकजस्तो हुन्छ, जसले पहिले परीक्षा लिन्छ र पछि शिक्षा दिन्छ । स्वामी विवेकानन्द : अनेक समस्याले घेरिइरहने भएकाले होला, हामीलाई आफू कता जाँदैछु भन्ने थाहा हुँदैन…. रामकृष्ण परमहंस यदि तिमी बाहिरी दुनियाँतिर मात्र हेर्छौ भने कहाँ जाँदैछौ भन्ने थाहा पाउनेछैनौ । यसका लागि आप\mनोभित्र चियाउनुपर्छ । आँखाले केवल दृष्टि दिन्छ, हृदयले बाटो देखाउँछ । स्वामी विवेकानन्द : के असफलता सही बाटोमा हिँड्नुभन्दा पनि पीडादायी हुन्छ ?रामकृष्ण परमहंस : सफलता त्यो मानक हो जो अरू मानिसले निर्धारण गर्छन्, सन्तुष्टिको मानक तिमी आफैंंले निर्धारण गर्छौ । सन्तुष्ट हुनलाई अरूको मत चाहिंदैन ।
स्वामी विवेकानन्द : कठिन समयमा पनि उत्साह जोगाइराख्ने उपाय के हो ? रामकृष्ण परमहंस : जहिले पनि अझै कति हिँड्न बाँकी छ भन्नेमा होइन कि अहिलेसम्म कति हिँड्न सकेछु भन्नेमा ध्यान देऊ । जे जति पाइएको छ त्यसको गणना गर, जे पाइएन त्यसलाई होइन । स्वामी विवेकानन्द : मानिसहरूको कुन कुराले तपाईंलाई अचम्म लाग्छ ? रामकृष्ण परमहंस : जब उनीहरू कष्टमा हुन्छन् तब भन्छन्- म नै किन ? जब सुखमा डुबिरहेका हुन्छन्, त्यो बेला कसैले सोच्दैन- म नै किन ? स्वामी विवेकानन्द : मैले आफ्नो जीवनको सर्वोत्तम कसरी प्राप्त गर्न सक्छु ? रामकृष्ण परमहंस : बिनाकुनै पश्चात्ताप आफ्नो अतीतको सामना गर । पूर्ण आत्मविश्वासका साथ आफ्नो वर्तमानलाई सम्हाल । र, निडर भएर आफ्नो भविष्यको तयारी गर ।
स्वामी विवेकानन्द : एउटा अन्तिम प्रश्न, कहिलेकाहीँ मलाई लाग्छ मेरा सारा प्रार्थनाहरू बेकार गइरहेका छन् । यस्तो किन हुन्छ ? रामकृष्ण परमहंस : कुनै प्रार्थना बेकार जाँदैन । आप\mनो आस्था जोगाइराख र डरलाई नजिक आउन नदेऊ । जीवन एउटा रहस्य हो, जसको तिमीले खोज गर्नु छ, जीवन कुनै समस्या होइन, जसलाई हल गर्नुपरोस् । मेरो विश्वास गर- यदि तिमीले बाँच्ने कसरी हो भन्ने थाहा पायौ भने जीवन साँच्चिकै आश्चर्यजनक छ । सिधा न्युज बाट