नागरिक पोष्ट News


स्वस्थ मुटुको लागी , स्वस्थ आहार टिएलसि डाइट therapeutic lifestyles changes diet (उपचारत्मक जिबनशैलि परिबर्तन आहार)

4.2K
बिश्वमाा प्रत्येक वर्ष करिब १७.३ मिलियन मानिसहरू मुटु रोग बाट मृत्यु हुने गर्दछ । अहिले विश्व भरी नै मुटु रोगको त्रास उतपन्न भइरहेको छ। नेपालमा पनि मुटु रोग एउटा समस्याको रूप्मा देखा पर्न थालेको छ। नेपाल एउटा बिकासोन्मुख राष्ट्र भएँकोले पनि बिभिन्न समस्याहरु आर्थिक , सामाजिक , भागौलिक , सामाजिक भारले ग्रसित छन। मुटु रोग नेपालमा पनि एउटा समस्याको रूपमा देखा पर्न थालेको छ । मुटु रोग सँगै मस्तिष्क पक्ष्घात , हृदयघात , अन्य मुटु सम्बन्धि रोगहरु आदि देखिएको छ। नेपालमा धारानमा गरिएको एउटा अनुसन्धानबाट कोरोनरि मुटु रोग पुरुषमा ७ प्रतिशत त्यस्तै शहिद गंगालाल अस्पतालमा प्रत्यक वर्ष मुटुरोगी वार्षिक दुइ गुणाले बढेको पाइएको छ । नेपाल शिक्षण अस्पतालमा २० प्रतिशत कोरोनरि मुटु रोग ८ प्रतिशत तथा नेपालगन्जको शिक्षण अस्पतालमा दैनिक २० देखी ४० जना बिरामी दिनहुँ चेकजाँच गराउन दुर्गम , गाउघर तिर बाट आउने गर्दछन् । 

हालैमा नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रमा गरिएको एउटा आध्ययनबाट प्रकाशित पात्रिकमा पुरुषहरुमा मुटुको मृत्युको कारण देखिएको छ भने महिलाहरुमा दमको कारणले मृत्यु हुने गरेँको देखिएको छ । डा.  मेघनाथ धिमाल ( प्रमुख अनुसन्धानकर्ता , अनुसन्धान बिभाग) ले गरेकोे अनुसन्धानबाट महिलाहरूमा फोक्सोको रोग बढी हुने गरेकोे पाएयो , अहिले पनि ७५ प्रतिशत महिलाहरू दाउरा मा खाना पकाउने तथा दिनभरि घरको काममा बयस्त हुने गरेकोे पाइएको छ । त्यस्तै पुरुषहरुमा मृत्युको कारक तत्व सूर्ति , धूम्रपान , मधपान , तनावपूर्ण जीवन , धुवाँ , धुलो, आदिले हुने गर्दछ । 

अनि श्वास प्रश्वास नलिको अबरोध , संक्रमण , पखाला  पक्ष्घात , अल्जाइमर रोग मुख्यतः महिलामा बढी पाइएको छ। महिलाहरू यदि मधुमेह रोगी पनि छिन् भने उसमा ३ देखी ४ गुणा मुटुरोग हुने खतरा हुन सक्छन् र रज्नोबृति  पनि छ भने उसको हाइपोस्त्रेजोन कम उत्पादन हुन्छ र जसले गर्दा इस्त्रोजेन हर्मोन उत्पादनमा कमी आउँछन् र हृदयघाको खतरा बढ्ने सम्भाव्ना हुन्छ । 

पुरुषहरुको पेटको बोसो बढ्दै जान्छन् जसको कारण उच्च रक्तचाप , उच्च कोलेस्तरोल , अनियन्त्रित रगतमा चिनीको मात्रा थपघट भएर हृदयघातँको जोखिम बध्न सक्छन् । 

मुटु रोगका लागी एउटा भिन्न खालको आहार पद्ध्ति छन्, जस्लाइ उपचारात्मक जीवनशैली परिबर्तन आहार भनिन्छ (टि, एल्, सि,/ Therapeutic life style changes diet)  यो आहार मुटु रोगिका लागी बिशेष हो। राष्ट्रिय स्वास्थ्य बिभागले यसको बिकासमा सहयोग गरेकोे हो, जसले गर्दा मुटुको जोखिम , पक्ष्घात कम गर्न सहयोग पुर्याउन मद्दत गर्दछ । यो आहारको मूख्य उद्देश्य रगतमा नराम्रो कोलेस्तेरोलको मात्रा घाटएर , रक्तनलिलाइ सफा बनाएर , मुटुलाइ स्वस्थ राख्न मद्दत गर्दछ । 

& :: यो आहारको मूख्य विशेषताहरु 

जीवनशैली परिबर्तन गर्ने, आफ्नो तौललाइ नियन्त्रण गर्ने , योगा, अभयास्, तनाबमुक्त  रहने तथा कोलेस्तेरोल्लाइ कम गरेर , रोग प्रतिरोधात्मक क्षम्तालाइ अभिबिर्धि गर्ने हो। 

हामीले आफ्नो आहारमा प्रायाप्त मात्रामा पानिमा घोलिने रेसायुक्त कानेकुरालाइ प्रााथमिकता दिनु पर्छ , जसमा बिरुवामा भएँको एस्तोरोलले कोलेस्तेरोल कम गर्न मद्दत गर्दछ । 

@  आफ्नो तौल तथा कामको आब्सयकता अनुसार मात्र क्यालोरीको सेवन गर्नुपर्छ । जसको तौललाइ नियन्त्रण गर्न सकिन्छ । 

@ खानामा चिल्लो पदार्थको जम्मा क्यालोरीको १५ देखी २० प्रतिशत मात्र प्रयोग गर्नु पर्छ ।                @ खाध्पदार्थबाट पाउने कोलेस्तेरोल बढीमा २०० मिलि ग्राम मात्र प्रायोग गर्नु पर्छ । 

@ जनाबारबाट पाउने चिल्लो पधार्थ बढीमा ७ प्रतिशतमात्र सेबन गर्नु पर्छ । दैनिक भोजनमा १५ देखी २५ ग्राम फाइबरको प्रयोग गरेमा राम्रो हुन्छ। टीएल्सि डाइटमा प्रयाप्त मात्रमा फलफूल तथा हरियो सागपात , तरकाारि, रेसायुक्त खानेकुरा , दाल गेडागुडी , बिउ इत्यादि रहेका हुन्छन् । 

@ दैनिक ३० मिनेट सम्म नियमित  शारिरिक बयायाम गर्नु पर्छ । साइकिल चलाउने, कुद्ने , दौडइने , पौडी खेल्ने आदि आफ्नो आबस्था हेरेर जुन आफुलाइ पायक पछ , त्यही अभ्यास गर्नु पर्छ । 

@ खानेकुरामा कम चिल्लोको प्रयोग गर्ने, कोलेस्तेरोल नियन्त्रणमा रख्ने, रातो मासु, खसि, राङा, अण्डाको पहेँलो भाग ना खाने, नूनको कम प्रयोग गर्नु पर्छ । 

यो  उपचारात्त्मक जिबनशैलि परिबर्तन  (टी एल सि) आहार , ३६ जना बयक्तिमा  ३२ दिनसम्म गरेकोे एउटा अध्यययनले जसको उच्च कोलेस्तोरोल थियो, यो आहारको सेबनले ११ प्रतिशत खराब कोलेस्तेरोल कम भएँको देखिएको थियो। 

        यो आहारको अरु विशेषताहरु

#  रोग प्रतिरोधात्मक क्षम्तालाइ बढाइने काम गर्छ , = एउटा सानो अध्ध्यनमा जसमा १८ जना मानिसमा गरिएको अनुसन्धान जसमा उच्च कोलेस्तेरोल थियो, त्यसको राम्रो परिणाम देखायो। 

#  शरिरको तौल नियन्त्रण 

नियमित शारिरिक अभयाास , कम क्यालोरीको सेबन , खानेकुरामा प्रयाप्त मात्रामा रेसायुक्त पधार्थको प्रयोग , शरिरको तौल घताउन सहयोग पुर्याउद्छ । 

# रगतमा चिनीको मात्रा नियन्त्रन 

हाम्रो शरिरमा रगतको भएँको ग्लोकोजको मात्रालाइ समेत नियन्त्रणमा ल्याउन सहयोग गर्दछ । खानेकुरामा अत्याधिक मात्रामा रेसाको प्रयोगले ग्लुकोजको मात्रालाइ मिलाउन मद्दत गर्दछन् । 

# उच्च रक्तचापलाइ नियन्त्रण गर्दछ 

उच्च रक्तचापलाइ कम गरेर , सामन्य रक्तचापमा ल्याउन मद्दत गर्दछ । 

#यसको मूख्य उद्देश्य साचुराटेड चिल्लो पदार्थलाइ एक्दम कम गरेर राम्रो एल्डिएल  कोलेसटेरोल बढाउने काम गर्दछ । 

# मध्यम मात्रामा सेतो मासु , (कुखुराको ) माछा , तथा अण्डाको सेतो भाग, आदिको सेबन गर्नु पर्छ । 

फलफूलमा स्याउ, केरा , खरभूजा, सुन्तला , मेवा , नास्पाति, आरु, अमबा , एभोकाडो, मौसम अनुसारको ताजा फलफूल आदिको सेबन गर्नु पर्छ । 

तरकारीहरुमा ब्रोकाउलि, काउलि, सेलेरि, काक्रो, पालुङो, रायो, मुनटा, गान्ते मुला, गाजर्, सबै प्रकारको, मौसम अनुसारको तरकाारिको प्रयोग गर्नु पर्छ। 

अन्नहरुमा, जौ , ओटस्, उसिनेको चामल , कोदो, फापर , आदि , तथा दलहरूमा सबै प्रकारको सिमि, राज्मा, गेडागुडी , बदाम्, ओखर्, काजु, फर्सिको बिउ, आलसको बिउ, सूर्यमुखीको बिउ, आदि को सेबन गर्नु पर्छ । 

#  दैनिक बिहानको खाजा अनिबार्य लिनु पर्छ , साथै , दिनभरिमा कम्तीमा चार देखी पाँच पटक खानेकुराको सेबन गर्नु पर्छ ।

प्रयाप्त मात्रामा हरियो सागपात्, तरकारी , फलफूल , रेसायुक्त खानेकुरा खानु पार्छ , नियमित्, बयायाम्, योगा, अरु अभ्यास गर्नु पर्छ। 

# नियमित विशेषज्ञ कहाँ चेक जाँच गराउन जानु पर्छ , समयमा सुत्ने, उथ्ने, बानि गर्नु पर्छ। सकारात्मक सोचाइ राख्नुपर्छ । 

 

 

मिरा शाह

आहार तथा पोषण विशेषज्ञ 

किर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल 

Must View