पत्रकार शालिकराम पुडासैनीको हत्या की आत्महत्या ? घटना यस्तो रहस्यमय
ज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा लामोसमयसम्म रिपोर्टिङ गरेका शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवन पुगेका पुडासैनीले सोमबार राति पोखरा बसपार्कस्थित होटल कंगारुमा मृत भेटिएका हुन् ।
प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको थियो । पर्समा रहेको परिचय पत्र र होटलमा लेखाएको नामको आधारमा पत्रकार पुडासैनीको नुवाकोट स्थित घरपरिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।
उनी होटलको एक कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेको बताइए पनि प्रहरी घटनास्थलमा पुग्दा कोठाको ढोका खुल्ला अवस्थामा भेटिएको बताइएको छ। सो ढोका होटल मालिक आफैले धकेलेर फुटाई खोलेको होटल मालिकले दाबी गरेका छन्।
उनी भरतपुर कहिले आए र किन आए भन्ने बारेमा स्पष्ट खुल्न बाँकी छ। प्रहरीले उनकोहत्या भएको हो कि आत्महत्या भएको हो भन्ने बारेमा छानबिन भैरहेको जानकारी दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा,शालिकराम मृत्यु प्रकरण: अपराधीलाई कानुनको दायरामा ल्याएपछि मात्रै शव बुझ्ने अडान
पत्रकार पुडासैनी झुण्डिएको कोठाबाट झोला हरायो, सिसि क्यामेरा ...