नागरिक पोष्ट News


कार्डसन नुवाकोटले बाड्यो रौतहट को बाढीपीडितलाई राहत

1.6K

हरि भेटुवाल साउन १६ रौतहट - रौतहट जिल्ला काे बाढि प्रभावित स्थानमा गैरसरकारी सस्था सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल (कार्डसन) नुवाकोटले राहत बितरण गरेको छ । शान्ति भोलन्टियर एसोसियसन जापानको सहयोगमा बाढि प्रभावित स्थानमा राहत बितरण गरिएको हो । रौतहटको यमुनामाई गाँउपालिकाको सुकदेव चौकमा बिहिबार परोहका नगरपालिका वडा नं. १ र २ का बाढि पिडितलाई राहत बितरण गरिएको छ ।

 

बाढिबाट प्रभावित भएका करिव ३ सय ३५ घर परिवारमा राहत बितरण गरिएको छ । प्रति परिवारलाई ३० किलो चामल, ५० किलो दाल, पिठो १० किलो, तेल १ लिटर, नुन तथा सावुन लगायतका सामन दिईएको आयोजक संस्थाले जनाएको छ । बाढि पिडितलाई राहत दिदै शान्ति भोलन्टियर एसोसियसनका प्रतिनिधि आई क्युरिमोरोले बिपद्को समयमा सहयोग गर्ने पाँउदै खुसी लागेको बताउनुभयो ।

भुकम्पको बेलामा विभिन्न स्थानमा सहयोग गरेको स्मरण गर्दै बाढिबाट प्रभावित रौतहटका बासिन्दालाई राहत दिँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । शान्ति भोलन्टियर एसोसियसनले विभिन्न किसिमका सामाजिक क्रियाकलाप गर्नुका साथै बिपद्को समयमा बढि सक्रिय रहने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा कार्डसन नुवाकोट का अध्यक्ष तथा समाजसेवी पदम उप्रेतीले हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने उदेश्यका साथ तराईमा राहत लिएर आएको बताउनुभयो । एक नेपालीले अर्को नेपालीलाई बिपद्को समयमा सहयोग गर्नु पर्ने धारणा राख्दै पहाडमा विपद हुँदा तराईको सहयोग आवश्यक पर्छ त्यसैले सहयोगी भावनाका साथ रौतहट आईपुगेको उहाँले बताउनुभयो । बाढि तथा डुवानबाट रौतहटमा धेरै क्षति भएकाले प्रभावित सवै स्थानमा राहत पुरयाउन नपाएको गुनासो गर्नुभयो । यदपी राहत भने बाढि पिडित समक्ष पुरयाउन पाँउदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष सुरक्षा निकायका प्रतिनिधि तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । राहत पाउँदा बाढि पिडित भने हर्षित भएका थिए । राहत नपाएको अवस्थामा सहयोगी संस्थाले राहत दिएकोमा उनीहरु खुसी देखिन्थे । समाजिक कार्यक्रममा सक्रिय रहेको सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल कार्डसन बिपद्को समयमा विभिन्न स्थानमा पुगेर राहत तथा अन्य सामाजिक कार्य गर्ने गरेको संस्थाका हरिराम भेटुवालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा बाढि पिडित समक्ष राहत दिन पाँउदा निकै खुसी लागेको उहाँको भनाई छ

 

     
     

Must View