नागरिक पोष्ट News


नेपाल र चीनबीच हवाई सम्झौता, हप्तामा ९८ सम्म उडान गरिने

2.1K

काठमाडौं। नेपाल र चीनबीच हवाई सम्झौतामा  हस्ताक्षर भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार नेपाल शुक्रबार भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच हवाई कनेक्टिभिटीलाई मजबुत बनाउने उद्देश्यले ‘हवाई सेवा सम्झौता’ भएको हो। 

सम्झौताअनुसार अब नेपाल र चीन दुबैतर्फबाट हप्तामा ९८ वटासम्म उडान गर्न सकिने छ । सम्झौतामा हप्तामा उडान संख्या नै  तोकिएको बेइजिङस्थित नेपाली राजदूतवासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

सम्झौताअनुसार नेपालले चीनका १५ शहरमा उडान गर्न पाउने छ । यसअघि नेपालले चीनका ७ सात शहरमा उडान गर्दै आएको थियो।  यस्तै चीनले नेपालका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्नेछ । हाल नेपालमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र चीनले उडान गर्दै आएको छ । चीनले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हप्तामा २१ वटासम्म उडान गर्नेछ ।

नेपालले चीनका बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा, चेङ्दु, छोङछिङ, कुन्मिङलगायत विभिन्न १५ गन्तव्यमा उडान गर्नेछ ।  

Must View