राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकहरुको सरुवा , को कहाँ - कहाँ सरुवा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएको छ । मानव संशाधन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीद्वारा जारी सूचनामा कायम मुकायम कार्यकारी निर्देशक बम बहादुर मिश्र सहित ९ जनालाई सरुवा गरिएको हो ।
हाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकमा देवकुमार ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन् । यस अघि ढकाल भुक्तानी विभागमा कार्यकारी निर्देशकका रुपमा थिए । अहिलेका नियमन विभागका कामु कार्यकारी निर्देशक मिश्र भुक्तानी विभागमा पुगेका छन् ।
अर्काे तर्फ बैंक सामान्य सेवा विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्ट विकास बैंक सुपरिवेक्षण विभागमा आएका छन् । उक्त विभागमा कार्यरत भुवन कँडेल आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् । भट्ट यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागमा कार्यरत थिए । राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना आएकी छन् । उनी यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् ।