SEE परिक्षा मा सफल हुने विद्याथीलाई सम्मान तथा अभिमुखिकरण तालिम सम्पन्न
काठमाणडोे तालिम केन्द्रमा सी परिक्षा पास गरेका विद्यार्थीहरुको लागि सम्मान तथा एक दिने करियर काउसिलिगं सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।परिबर्तन का लागि सहकार्य नेपाल नामक संस्थाले आयोजना गरेको सो कर्यक्रम मा काठमाण्डौँ तालिम केन्द्रका निर्देशक श्री राज बाहदुर गिरि र नारायण नि मा वि का प्रधान अध्यापक पुर्ण पण्डितले विद्यार्थीहरुको लागि सो तालिम प्रदान गर्नु भयेको थियो । साथै कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
उक्त तालिम केन्द्रका निर्देशक श्री राज बहादुर गिरि ,नरायन नि मा वि का श्री पुर्ण पन्दित र बरिष्ठ समाजसेवी तथा सस्था को अध्यक्ष इन्दिरा घले ले उपस्थीत विद्याथीहरुलाई सम्मान गर्नु भयेको थियो । कार्यक्रममा सी परिक्षा दिएका काठमाण्र्डौँ ,ललितपुर र नुवाकोट जिल्लाका जम्मा २० जना विद्यार्थीहरुको उपस्थित रहेको थियो। भाईबहीनीहरुलाई कार्यक्रमले हौसला बढाउने र करियर काउन्सिलीगं जस्ता अभिमुखिकरण तालिमले विद्यार्थीहरुलाई भविष्यमा कता जाने के गर्ने र कसरी सफल हुने भन्ने कुराको जानकारी गराउने भएकोले यस कार्येक्रमको महत्व भएको बताउदै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य श्री आशा बि क ले भविष्यमा पनि यस्ता कार्य गर्न आग्रह गर्दे सस्थाका सम्पुर्ण टिमलाई धन्यबाद दिदै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो । हरेक वर्ष सस्थाले प्रदान गर्ने छात्राबृत्ति पाउने विद्यार्थीहरु मध्ये यस वर्ष पद्यमकन्या मा वि मा सिभिल इन्जिनियर अध्ययन गर्ने सञ्जिता चौलागाईले उत्कृष्ट नतिजा ल्याई छात्राबृत्ति हात पार्न सफल भएकी छिन् ।