नागरिक पोष्ट News


प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ' मेरी आमा’ को विमोचन

3.5K

काठमाडौं साउन १०। नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति मृत्यु पश्यात् उनका दुई छोरी र छारा बुहारीले ‘आमा १ मेरी आमा’को लोकार्पण गरेका छन् । 

 

नेपाली समाजमा अचेल वृद्ध माता(पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । छोरा(छोरी, बुहारीलगायतसँग न माता(पिताप्रति सम्मानभाव छ र न त समयसँग नै । समाजमा वृद्धाश्रमको संख्या बढ्नु निश्चय पनि कुनै व्यक्ति, समाज वा राष्ट्रका लागि गौरवको कुरा हुन सक्दैन । तर, वास्तविकता यही छ, वृद्ध माता(पिताले वृद्धाश्रमको एकान्तमा जीवन निर्वाह गर्नु परिरहेको विवशता सबैका सामु छर्लंग नै छ । यस्तो सामाजिक परिवेशमा स्वर्गीय शोभा तिवारी निश्चय पनि शौभाग्यशाली थिइन् भन्नुमा दुईमत हुन सक्दैन । 

 

उनका दुई छोरी ऋचा शर्मा तिवारी र स्मृति थपलिया एवम् छोरा बुहारीले उनको स्मृतिमा ‘शोभा(अर्जुन संगीत कोष’ गठन गरी मातापिताप्रति साचो श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसै संगीत कोषले शोभा तिवारीद्वारा लिखित कविता संकलित गरी काव्यकृति ‘आमा १ मेरी आमा’ प्रकाशनमा ल्याएका हो। 

प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच संस्कृतिविद् डा। तुलसी दिवसको प्रमुख आथित्यमा उक्त पुस्तकको लोकार्पण सम्पन्न भएको छ । पुस्तक लोकार्पण कार्यक्रममा हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, मञ्जु काँचुली, इन्जिनियर किशोर थापा र डा। तुलसी दिवसले स्वर्गीय शोभाको संगीत क्षेत्रमा योगदान र काव्यकृतिमाथि चर्चा गरेका थिए । 

उक्त कार्यक्रममा ललित कला क्याम्पसका  श्री उपेन्द्र शाही निषाद  र श्री प्रतिक्षा भण्डारीलाई लोक संगीत बाजाको संरक्षण तथा प्रवद्र्धनको गर्न हौसला मिल्ने र भविष्यमा यस्तो कामको निरन्तरता उहाहरुबाट हुने विश्वास सहित दुई जना विद्यार्थीलाई संगीत कोषको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।  आमा मेरी आमा मा स्रष्टा शोभा तिवारी लोहनीद्धारा लिखित कविता तथा लोक सगीत सम्बन्धी लेखहरु तथा उहाँका जिवनका विभिन्न कालखण्डका फोटोहरुको संग्रहहरु पनि हेर्न र पढ्न पाइन्छ । साथै सो कोषको लागि सहयोग गर्नु हुने र कार्यक्रम सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नु हुने महानुभावहरुलाई मायाको चिनो समेत कार्यक्रममा प्रदान गरिएको थियो ।  आफ्नो माता पिता प्रति सद्धा सुमन प्रकट गर्नु हुने तपाई सबैको लागि यो एक कार्यक्रम मात्र नरही एक उदाहरणीय काम समेत भएको छ ।

Must View