नेपाल टेलिकम वर्कस युनियनको २८ औं वार्षिकोत्सव, उत्कृष्ट कर्मचारीका छोराछोरी सम्मानित
नेपाल टेलिकम वर्कस युनियन को २८ औं वार्षिकोत्सव भव्यवतापूर्वक केन्द्रिय कार्यालय भद्रकालीमा सम्पन्न भएको छ । २८ औं वार्षिकोत्सबको अवसरमा एसइइ मा उत्कृष्ट अंक ल्याउने टेलिकम कर्मचारीका छोराछोरीमध्ये दुइजना छात्र र एक छात्रालाई नगदसहित सम्मान गरिएको छ । एसइइ मा सर्बोकृस्त अंक ल्याउनेछात्रातर्फ टेलिकम कर्मचारी प्रदीप बस्नेत छोरी प्रशंसा बस्नेतलाई प्रमुख अतिथि बालकृष्ण खाँडले नगद सहित सम्मानित गर्नुभएको हो । उनले छात्रातर्फ सर्वकृस्त अंक 3.95 GPA ल्याएकी थिएन।
वार्षिकोत्सबको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका माननिय बालकृष्ण खाँड को उपस्थिती हरेको थियो भने केन्द्रीय अध्यक्ष श्री राजेन्द्र प्रसाद जोशी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्री डिल्लीराम अधिकारी ज्यू लगायत विभिन्न क्षेत्रका अतिथिहरु र सामाजिक व्यक्तिहरुको सहभागीता रहेको थियो ।