नागरिक पोष्ट News


साम्राज्ञीको अर्को बोल्ड अवतार भाइरल (तस्बिरसहित)

4.1K

काठमाडौं । यतिबेला फिल्मी नगरीमा सबैभन्दा चर्चामा कोही छ भने अभिनेत्री साम्राज्ञी आरएल शाह छिन् । उनको चर्चाले छवी ओझा र शिल्पा पोखरेल वीचको झगडा समेत तल परेको छ । साम्राज्ञी चर्चामा आउनुको कारण फिल्म होइन, नकि उनले प्राप्त गरेको सफलता नै हो । चर्चाको मुल कारण हो, उनको विकिनी अवतारको सिरिज ।

दुई वटा फिल्मको छायांकन पूरा गरेपछी आराम गर्न भन्दै साम्राज्ञी विदेश उडेकी थिइन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ उनले भर्खरै छायांकन सकेका फिल्म हुन् । उनी यतिवेला इन्डोनेसियामा छिन् । र, उनले आफैं इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका तस्बिरहरु हेर्दा लाग्छ, उनी मस्तीमा छिन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी उनले फेरि अर्को सिरिज सार्वजनिक गरेकि हुन् । यस पटक उनी नयाँ तन्नेरीसँग छिन् ।

तीन तस्बिरमा साम्राज्ञीलाई गहिरोगरी माया गरिरहेका तन्नेरी हुन् देवाङ्कस राणा । उनी उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । तर, शुभचिन्तहरुको प्रतिक्रिया सकारात्मक नभएपछी उनले ती तस्बिरहरु हटाएकी छिन् ।

त्यहीबीचमा उनले अर्को हट अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । जुन तस्बिरमा उनले गोल्डेन कलरको ब्रा तथा बिकिनी सल लगाएकी छन् ।

पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनी केही समययता ग्लेमरस तस्बिरहरुका कारण चर्चामा आइरहेकीछिन् । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारण उनी आलोचित भएकिछन् भने कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तस्बिर बाहिरिएपछि विवादमा फसेकीछन् ।

उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय–समयमा फिल्म क्षेत्रलाई तताउने गरेको छ । मयंक खड्कासँग ब्रेकअप पछि उनी केही महिनायता उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगको प्रेममा रहेको चर्चा थियो । जसलाई माथिका तस्बिरले पुष्टि गरेकाछन् ।

भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेसिया पुगेकी हुन् । त्यहाँबाट उनले थरी थरीका तस्बिरहरु पोष्ट गर्दै आएकी छन् ।

Must View