नागरिक पोष्ट News


सतर्क रहनुहोला ! सप्तकोशीमा अहिलेसम्मकै बहाव उच्च, सबै ५६ ढोका खोलिए

2.5K

पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएसंगै सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । आइतबार बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ५२ हजार क्यूसेक प्रतिसेकेन्ड मापन गरिएको छ । 

यो बहाव अहिलेसम्मकै उच्च हो । कोशी ब्यारेजमा रहेका सबै ढोकाहरु खोलिएको छ । ५६ ढोकामध्ये ५६ वटै ढोका खोलिएको हो । 

पानी पर्दै रोकिँदै भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।  

वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ । 

बिहार पनि जलमग्न भारतको बिहार पनि जलमग्न भएको छ । भारी वर्षासंगै सप्तकोशीका सबै ढोका खोलिँदा बाढीले गर्दा बिहार जलमग्न भएको हो । 

बिहार डुबेसंगै सप्तकोशीका ढोका बन्द गर्न दबाब दिएको बुझिएको छ । 

सन्धी अनुसार सप्तकोशीको कोशी ब्यारेज भारतको नियन्त्रणमा भएकाले पनि बिहार डुब्दा ढोका बन्द गर्न दबाब बढेको छ । 

स्रोतका अनुसार तत्काल चार वटा ढोका बन्द गर्ने क्रममा रहेको बुझिएको छ । वर्षामा कमी आएको भन्दै चार वटा ढोका बन्द गर्न लागिएको हो । 

Must View