नागरिक पोष्ट News


आइतबारसम्म देशभर अविरल पानी पर्ने : हावाहुरीको समेत सम्भावना

2.4K

काठमाडौं : सशक्त न्युनचापीय क्षेत्रमा जलवाष्प युक्त मौसम प्रणालीले फन्को (सर्कुलेसन) मार्दा हावासहित देशभर अविरल वर्षा भइरहेको छ। पूर्वदेखि पश्चिमसम्म अहिले सशक्त न्युनचापीय क्षेत्रमा यो प्रणाली घुमिरहँदा हावा सहित वर्षा भइ रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। यो प्रणाली विस्तारै पश्चिम क्षेत्रमा सिफ्ट हुँदै गएको र पश्चिप क्षेत्रमा वर्षाको सम्भावना रहेको अर्यालको भनाइ छ।

अर्यालका अनुसार कालो बादलसहित हल्का छड्के पानी परेको छ। विगत केही दिनअघिबाट मनसुन सक्रिए भए पनि बिहीबारबाट मनसुन थप सक्रिए भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो देखि आइतबार सम्म देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ।

साथै पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ। केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । यसैगरी आइतबार रातिसम्म पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। पूर्व र मध्य क्षेत्रका मध्य पहाड, तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।

Must View