काठमाडौमा भुकम्पपछी भारी बर्षा ! सचेत रहन आग्रह
5.4K
काठमाडौंमा भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पसँगै वर्षा पनि शुरु भएको छ । मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भूकम्प पश्चात भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ ।