नागरिक पोष्ट News


धादिङ जिल्लाको धुनीबेसीमा बिद्यालयस्तरीय लागू औषध बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न

4.7K

सिर्जनशील प्रवद्र्धन केन्द्र नेपालले धुनीबेसी नगरपालिकाको सहयोगमा बिद्यालयस्तरीय लागू औषध बिरुद्धको जनचेतनामुलक कार्यक्रम  धादिङ जिल्लाको धुनीबेसी नगरपालिकाभित्रका ६ वटा माध्यमिक बिद्यालयहरुमा मिति २०७६ असार १५, १६ र १९ गते धुनीबेसी नगरपालिकाको निर्देशन तथा कार्यक्रम प्रस्तावना अनुसार सफलतापूर्वक सम्पन्न गरेको छ। सञ्चालित बिद्यालयस्यस्तरीय चेतनामुलक कार्यक्रममा धुनीबेसी न.पा. का शिक्षा शाखाका उप सचीव सुजनराज खनाल, स्वास्थ्य शाखाका शिवहरी भट्ट, महिला तथा वालबालिका शाखाबाट बिद्या अर्याल, इलाका प्रहरी कार्यालय धुनीबेसीका प्रहरी हवल्दार, सहदेवप्रसाद देवकोटा, प्रहरी जवान टेकबहादुर थापा, माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरु, रामप्रसाद अधिकारी (श्री मच्छिन्द्र मा.विं), श्री भुवनेश्वरी मा.वि.को गणेशकुमार रेग्मी, श्री महेश धर्म मा.वि.को दीपबहादुर खत्री, श्री दशरथचन्द्र मा.वि. को कृष्ण प्रसाद भट्टराई, श्री महेन्द्रोदय मा.वि.का जगतनाथ लसाल, श्री महाकाली किसान मा.वि. का शिव कँडेल, प्रशिक्षक ब्रबिम बस्नेत, विजय महर्जन, प्रस्तोता प्रताप रानामगर, सहजकर्ता निसा कक्षपति, कविता गुरुङ लगायत शिक्षक शिक्षिका तथा स्थानीयस्तरका संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा ५०० जना बिद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।  

लागू औषधको कुलतबाट व्यक्ति, परिवार र समाजमा पर्ने लामो असर बारेको जानकारी विद्यालयस्तरबाटै होस् भन्ने मुख्य उद्देश्य कार्यक्रमको रहेको संस्थाले जनाएको छ  ।  कार्यक्रम पश्चात् व्यक्ति आफैमा लागू औषध तथा दुव्र्यसनीको चेतना अभिवृद्धि भई उनीहरुबाट यस सम्बन्धी कुरा आफ्ना भावी पिडिहरुलाई पनि बताउन सकुन् भन्ने लक्ष्य रहेको थियो ।

कार्यक्रम सञ्चालन भएका बिद्यालयहरु

१। श्री मच्छिन्द्र मा.वि, धुनीबेसी न.पा. धादिङ

२। श्री भुवनेश्वरी मा.वि।, धुनीबेसी न.पा. धादिङ

३। श्री महेश धर्म मा.वि।, धुनीबेसी न.पा. धादिङ

४। श्री दशरथचन्द्र मा.वि।,धुनीबेसी न.पा. धादिङ

५। श्री महेन्द्रोदय मा.वि,। धुनीबेसी न.पा. धादिङ

६। श्री महाकाली किसान मा.वि,धुनीबेसी न.पा. धादिङ

लक्षित बिद्यालय छनौैट –  धादिङ, धुनीबेसी  न.पा. भित्र रहेका ६ वटा माध्यमिक बिद्यालयहरु     सहभागि ५०० जना बिद्यार्थीहरु ९कक्षा ८, ९ र १० बिद्यार्थीहरु     लागू औषध दुव्र्यसनी सम्बन्धी चेतनामुलक कार्यक्रम उद्घाटन, संचालन २०७६ असार १५, १६ र १९ गते  ९ धादिङ धुनीबेसी न।पा।०     लाभाविन्त संख्या ः ५०० भन्दा बढी बिद्यार्थीहरु

  समस्याहरु :

लागू औषध बिरुद्धको जनचेतनामुलक कार्यक्रमहरु बिद्यालयमा सरकारी तथा अन्य संघ संथाबाट व्यापक रुपमा सञ्चालन नहुँदा बिद्यालय तथा बिद्यालयका माध्यमिक स्तरका कक्षा ८, ९ र र १० का बिद्यार्थीहरुमा लागू औषध तथा दुव्र्यसनीको बारे यथेष्ट ज्ञान हुन सकेको देखिएन । – कार्यक्रम सञ्चालित बिद्यालयको आसपासमा आदिवासी जनजाती समूहकोे बसोबासको बाहुल्यता रहेकोले त्यस समुदायमा सुर्तीजन्य पदार्थ, अल्कोहल तरल पदार्थहरुको सेवन सामाजिक संस्कार नै रहेकोले पनि यस बारेको चेतना बिद्यार्थीहरुमा कमै देखिएको कार्यक्रम सञ्चालनबाट पाइयो । –    सामाजिक संस्कार कुनै न कुनै तवरबाट लागू पदार्थ प्रयोगमा जोडिएको हुदा यस क्षेत्रका युवा वर्गहरु तथा माध्यमिक स्तरका बिद्याथीहरुको मनमष्तिकमा लागू औषधको बारेको सोचाई सामान्य रहेको अवस्था पाइयो ।

 कारण :

 सार्वजनिक स्थान तथा समुदाय र बिद्यालयहरुमा लागू औषध तथा दुव्र्यसनीको चेतनामुलक कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन नहुनु । – सामाजिक संस्कारमा परिवर्तन ल्याउन नसक्नु । – घर परवार र समाजमा लागू औषध तथा दुव्र्यसनीको बिरुद्ध चेतनामुलक दिने शिक्षाको कमी तथा बेरोजगार युवाहरुको जनजीवन । कार्यक्रमको उद्देश्य स् बिद्यालयस्तरका बिद्यार्थीहरुमा लागु औषध तथा दुव्र्यसनी बारेको चेतना फैलाई सामाजिक अपराध एवं हिंसा नियन्त्रण र लागू औषध प्रयोगको न्युनीकरणमा सहयोग पुर्याउने ।         

Must View