नागरिक पोष्ट News


बिग मर्जर : कुन बैंक, कुनमा मिल्दैछन् ? विदेशी लगानीका बैंक भने ढुक्कसँग

4.6K

 नेपाल राष्ट्र बैंकले बिग मर्जरको निर्देशन दिएपछि यतिबेला बैंकिङ क्षेत्रमा ठुलै हलचल उत्पन्न भएको छ । केही बैंकहरुले मर्जरको लागि उपयुक्त जोडी खोज्न थालिसकेका छन् ।

ग्लोबल आईएमई बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सीयल बैंक, सिभिल बैंक, प्राइम कमर्सीयल बैंक लगायतले भने अन्य बैंकसँग पनि सल्लाह शुरु गरिसकेका छन् ।

नाममै कमर्सीयल झुण्डिएका दुई कमर्शीयल बैंकहरु (प्राइम कमर्शीयल बैंक र सेञ्चुरी कमर्सीयल बैंक) ले मर्जरको विषयमा प्रारम्भिक कुराकानी गरेको स्रोतले जानकारी दियो । प्राइम कमर्शीयलका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र सेञ्चुरी कमर्शीयल बैंकका राजेशकुमार श्रेष्ठबीच अनौपचारिक छलफल भएको छ ।

दुबै बैंकको बोर्डमा भने यो विषयले प्रवेश पाएको छैन । दुबै अध्यक्षले केहिदिन भित्रै आफ्नो बोर्ड बैठक बोलाएर मर्जरमा जाने सम्बन्धी छलफल गर्ने श्रोतको दाबी छ ।

Image result for बिग मर्जर : कुन बैंक, कुनमा मिल्दैछन्

उता सिभिल बैंकले पनि मर्जरमा जानका लागि आन्तरिक गृहकार्य गरेको छ । सिभिल निकट श्रोतका अनुसार कुन बैंकमा मर्जरमा जाने भन्ने विषयमा बैंकका अध्यक्ष इच्छाराज तामाङले केहि सञ्चालहरुसँग २ दिनअघि सल्लाह गरेका थिए ।

उता ग्लोबल आइएमई बैंक र मेगाले पनि मर्जरमा जानका लागि प्रराम्भिक शुरुवात गरेका छन् । यस विषयमा दुई बैंकका अध्यक्षबीच छलफल भइसकेको बताइएको छ ।

विदेशी लगानीका बैंक भने ढुक्कसँग

मर्जरका लागि अधिकांश बैंकहरुले गृहकार्य गरिरहँदा विदेशीको लगानी रहेका बैंक भने ढुक्कसँग बसेका छन् । राष्ट्र बैंकको मर्जर नीतिले विदेशी लगानीका बैंकलाई मर्जरका लागि बाध्य पार्न नसक्ने उनीहरुको ठहर छ ।

स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकमा बहुमत सेयर विदेशीको रहेको छ । यि दुबै बैंकको व्यवस्थापन पनि विदेशीले नै हेर्दै आएका छन् । यि दुई बैंकबाहेक एनएमबी बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र नविल बैंकमा समेत विदेशी लगानी रहेको छ ।

एनएमबी, हिमालयन र नविल यतिबेला चुपचाप बसेका छन् । विदेशी लगानी रहेका अन्य दुई बैंकहरु नेपाल बंगलादेश र एभरेष्टले भने आन्तरिक गृहकार्य शुरु गरेका छन् । यि दुबै बैंकहरु मिल्ने साथी पाए मर्जरमा जानसक्ने सम्भावना देखिएको छ ।

एभरेष्टले यसअघि लक्ष्मी बैंकसँग मर्जरमा जान छलफल गरेको थियो । तर पछि सहमति हुन नसकेपछि चुपचाप बसेको छ ।

Must View