नागरिक पोष्ट News


अबदेखि निजामती सेवा प्रवेशको उमेर घट्ने : न्यूनतम १६ वर्ष, अधिकतम ३० वर्ष

1.9K

 निजामती सेवामा प्रवेशको अधिकतम उमेर पुरुषका हकमा ३० वर्ष बनाउन संसदीय समितिले निर्देशन दिएको छ। त्यस्तै महिला तथा विशेष अवस्थाका व्यक्तिको हकमा ३५ वर्ष बनाउन संघीय संसद प्रतिनिधिसभाको राज्यव्य वस्था तथा सुशासन समितिले सरकारलाई आइतबार निर्देशन दिएको छ। यसअघि महिला तथा विशेष अवस्थाका व्यक्तिहरूले ४० वर्षसम्म र पुरुषले ३५ वर्षसम्म निजामतीमा जान पाउने व्यवस्थालाई संशोधन गरी ३५ वर्ष र ३० वर्षमा झार्न समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति शशी श्रेष्ठले अन्य कानुन बाझिने-नबाझिने अवस्था हेरेर निर्देशनअनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा परिमार्जन गरेर ल्याउन भनेकी हुन्। उक्त विधेयकको दफावार छलफलका क्रममा समितिले दफा १६ माथिको ‘उम्मेदवार हुन अयोग्यता’सम्बन्धी छलफलमा उक्त निर्देशन दिएको हो। समितिले प्रवेशको उमेर पनि घटाउन प्रस्ताव गरेको छ। समितिको नयाँ प्रस्तावअनुसार निजामती सेवा प्रवेशको न्यूनतम उमेर १६ वर्ष हुनेछ। त्यस्तै अधिक तम उमेर ३० वर्ष।

यसअघि निजामती सेवामा प्रवेश गर्ने पुरुषका लागि अधिकतम उमेर ३५ थियो। निजामती सेवामा प्रवेशको न्यूनतम उमेर यसअघि राजपत्रअनंकित वा सो सरहको पदमा १८ वर्ष र राजपत्रांकित वा सो सरहको पदमा २१ वर्ष थियो। सरकारले छलफलमा रहेको विधे यकमा उक्त व्यवस्था जस्ताको तस्तै राखेको थियो। समितिमा छलफलपछि एक मतबाट उमेर घटाउने प्रस्तावअनुसार विधेयक संशोधन गर्न निर्देशन दिए पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने अहिलेको व्यवस्था नै सही भएको बता ए।

सरकारले ल्याएको प्रस्ताव नै वैज्ञानिक भएकाले पारित गरिदिन मन्त्री पण्डितको आग्रह थियो। यसमा सांसदहरूको तर्क अलग्गै थियो। राज्यले १६ वर्षमा नै नागरिकता दिने व्यवस्था गरेपछि त्यो उमेरसम्म नागरिकले राजपत्रअनंकित वा सो सरहको पदमा प्रवेश गर्ने योग्यता पूरा गर्ने भएकाले १६ नै कायम गरिनुपर्ने माग उनीहरुले गरेका थिए।

Must View