नागरिक पोष्ट News


आगामी तीनदिनको मौसम देशभर भारी वर्षा हुने, बाढीबाट सचेत गराउन मोबाइलमा एसएमएस

4K

काठमाडौं। मनसुन शुरु भएसँगै बाढीको जोखिम बढेपछि सरकारले जोखिम न्यूनिकरणका लागि विभिन्न २४४ जोखिम क्षेत्रको पहिचान गरेको छ ।

जोखिम भनि पहिचान गरिएका क्षेत्रमा बाढी आउने सम्भावना बढेपछि बाढी पूर्वानुमान शाखाले मोबाइलमा सचेत रहन आग्रहसहितको एसएमएस पठाउने छ । 

हाल देशभर मनसुन सक्रिय भएपछि वर्षात भइरहेको छ । आगामी तीनदिनको मौसम पूर्वानुमानअनुसार देशभर वर्षा हुने सम्भावना छ । 

banner मौसम पूर्वानुमान शाखाका अनुसार सोमबार राति देशभर सामान्य बदलि भई पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य र पूर्वी भू–भागका एक दुइ स्थानहरुमा र पश्चिमका बिशेषत पहाडी भू–भागका एक दुई स्थानमा भारी बर्षाको सम्भावना छ। 

यस्तै मंगलबार दिउँसो देशभर सामान्य बदलि भई पूर्व र मध्यका केहि  स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। मंगलबार राति देशभर सामान्य बदलि भई पूर्व र मध्यका केहि  स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै बुधबार दिउँसो देशभर  सामान्य बदलि भई देशका मध्य र पश्चिमी भू–भागमा मेघ–गर्जन सहितको वर्षाको र देशका पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका १–२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ। 

बुधबार राति देशभर सामान्य बदलि भई पूर्व र मध्यका केहि  स्थानहरुमा मेघ–गर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।

 

Must View