संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान
2K
संखुवासभाको सिलिचुङ गाउँपालिकामा सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएपछि प्रहरी प्रधान कार्यालयले ५० जना सुरक्षाकर्मी उक्त ठाउँमा पठाएको छ। सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीका दुई टोली घटनास्थलमा पठाएपछि अहिले सुरक्षाकर्मीले गोली हाना हान भएको ठाउ वरपर सर्च गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी सेनाको हेलिकप्टरमा पठाइएको छ। प्रदेश १ कार्यालयबाट पनि सुरक्षाकर्मीको एक टोली पठाईएको छ। सुरक्षाकर्मीकाे टाेलीले साे ठाउँ वरपर सर्च गरिरहेकाे छ।