नागरिक पोष्ट News


चुडामणी सापकोटाको जित पक्का

4.8K

NRNA Australia ACT Co-ordinator Candidate

साझा NRNA सवल NRNA मुल नाराको साथ एन्आरएन अस्ट्रेलिया क्यानबेरा स्टेटमा (NRNA Australia Canbera State)  हुन गइरहेको चुनावमा  चुडामणि सापकोटाको पक्षमा जनमत देखिएको छ । सापकोटा अस्ट्रेलिया कोक्यानबेरमा रहेर नेपालीहरुका लागि विगत लामो समयदेखि हरेक सुख दुःखका साथी बन्दै आएका छन् ।  सापकोटा एक प्रतिभाशाली युवा व्यक्तित्वभित्र हुन्  । उनी पेशाले पे एकान्टेण्ट हुन् तथापी उहाँ विभिन्न सामाजिक क्रियाकलापहरु सम्लग्न  छन् । उनलाई मनपर्ने फुटबल खेल हो र उनी फुटबलका होनाहार खेलाडी समेत हुन् ।  क्यानबेरा क्वीनवेनमा नेपाली समुदायका अभिभावको छवि बनाएका उहाँ हरेक नेपालीहरुको सुख दुखमा घरदैलोमा भेटिन्छन् । अस्ट्रेलियन नेपालीज् फ्रेण्डशीप सोसाइटीमा रहेर सापकोटाले लामो समय सम्मनेपाली समुदाय र अस्ट्रेलीयन समुदाय वीच मित्रता प्रगाढ पार्ने कार्यमा एउटा पुलको काम निर्वाह गरेका छन् । दैवीप्रकोप, स्वास्थ्य समस्या, लगायतका विविधत् सामाजिक कार्यमा अंग्र पंक्तिमा चुडामणि सापकोटा उभिएका छन् । उनका यस्तो सामाजिक व्यक्तित्वका कारण उनलाई नरुचाउने र मननपराउने कही कतै छैनन् भन्दा पनि हुन्छ । नेतृत्व सम्हाल्ने, समझदारी कायम राख्ने काममा उहाँको खूबी स्पष्ट रुपमा उनका कार्यहरुबाट देखिन्छ ।  अस्ट्रेलियामा रहेका नेपालीलाई मात्र होइन नेपालमा रहेका कोही असाहय गरीब दीनदुखीलाई परेको अप्ठ्यारोमा मलम लगाउन सापकोटा फराकिलो मन र चौडा छाती बनाएर आफैबाट सहयोगको अभियान चलाउछन् ।

   पछिल्लो समय क्यानबेरा नेपालीज् फुटवल सोसाइटीका प्रमुख सल्लाहाकारको भूमिका सापकोटाले निर्वाह गदै आउनुभएको छ। सापकोटा सो संस्थाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । खेलकुदको माध्यमबाट अस्ट्रेलियाका हरेक स्टेटहरुलाई एकै ठाउँमा जुटाउने  र फुटबल खेललाई प्रगाढ बनाउने, काम गरेका छन्  उहाँले अस्ट्रेलिया क्यानबेरामा रहेको एउटै मात्र फुटवल क्लव  नेपालीज एम्बेसी इन्टरस्टेट टुर्नामेन्टसम्म पुरयाई अस्ट्रेलियाको सबै स्टेटसम्म पुर्याउने महत्वपूर्ण काम गर्नुभएको छ । नेपालीका हरेक सुख दुखलाई आफ्नै सुख दुख ठान्ने स्वभावका धनी चुडामणि सापकोटाको सहयोग जहिले जतिखेर पनि जोसुकैले पनि पाउन सक्छ , चाहे त्यो आपतविपदका लागि होस्, चाहे त्यो सामाजिक कार्यका लागि । 

नेतृत्व सम्हाल्न सक्ने खुबी भएका सामाजिक व्यक्तित्वका धनी चुडामणि सापकोटालाई अहिले NRNA ACT को प्रमुख उमेद्वार बनाएको छ । साझा एनआरएन, सबल एनआरएन को नारालाई लिएर सापकोटा ब्ऋत् त्तगभबलदभथबल अष्टेलियाका सबै नेपालीहरुको मनोभावनालाई साथ दिने अठोटका साथ सापकोटाले आफ्नो उमेद्वारी दिएका छन् । यि लगाएत ल्च्ल्ब् सस्था आफैलाई सुद्धिकरण गरी अहिलेका युवाहरुलाई ल्चलब को मुल धारमा समेटी  एक ढिक्का बनाउन , नेपालीहरुको पहिचान राख्ने गरी सामाजिक काम गर्नका लागि आफूलाई एकपटक अुमुल्य भोट दिएर जिताउनुहुन अष्टेलियन क्यानबेरामा रहेका नेपालीहरुमा हार्दिक अपील सापकोटाले गरेका छन् । 

 

Must View