काठमाडौैं महानगरपालिकाको काे बजेट १५ अर्ब ५० करोड, ललितपुरको पाँच अर्ब १७ करोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि काठमाडौं महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजार विनियोजन बजेट प्रस्तुत गरेको छ।
महानगरपालिका उपाध्यक्ष हरिप्रभा खड्गी श्रेष्ठले राष्ट्रिय सभागृहमा उक्त बजेट प्रस्तुत गरेकी हुन्। जसमा आय तर्फ आफ्नै श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार, स्थानीय कर आयबाट ३ अर्ब ६४ करोड, गैह्रकर आयबाट २ अर्ब ४२ करोड ६ लाख ३७ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब ५० करोड, अन्य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार प्राप्त हुने लक्ष्य राखेको छ।
त्यस्तै संघीय तथा प्रदेश सरकारको अनुदानबाट ३ अर्ब ३८ करोड ६ लाख, समानीकरण अनुदान ७७ करोड ८४ लाख ८ हजार, अन्य निकायको सहयोग ३ करोड, विभिन्न श्रोतबाट पूर्ति गरिने बजेट २ अर्ब, ६२ करोड ९० लाख ९७ हजार, गत वर्षको बैंक मौज्दात २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र जग्गा एकीकरण आयोजनाबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी कुल बजेट १५ अर्ब ल्याइएको उप–प्रमुख खड्कीले बताइन्।
त्यस्तै व्ययतर्फ पनि पूँजीगत सम्पतिखर्च १ अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक तथा सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ५३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब ३८ करोड ६ लाख खर्च हुनेछ।
ललितपुर महानगरपालिकाको बजेट पाँच अर्ब १७ करोडललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६/७७ का लागि पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गरेका छन्। महानगरपालिको चौथो नगरसभामा आज उनले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गरेका हुन्।
महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो। चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ। महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ। त्यस्तै, सामाजिक सुरक्षातर्फ ४६ करोड बजेट रहेको छ।
कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ। सोमध्ये, आर्थिक विकासमा सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ।
कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन २२ करोड ५ लाख, पूँजी निर्माण छ करोड १० लाख र विविध शीर्षकमा ६६ करोड विनियोजन गरेको छ। महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ। त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवद्र्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ।