नागरिक पोष्ट News


उमेर ४७, तर तन्नेरी : धीरेन

4.3K

मेरो फिटनेसको मुख्य रहस्य नियमित जिम नै हो । ३५ वर्षयता लगातार जिम गर्दै आएको छु । अब त यस्तो बानी प-यो, कुनै दिन जिम छुट्यो भने शरीर नै भारी भएजस्तो लाग्छ । हरेक दिन ६ बजे जावलाखेलको निर्वाणा वेलनेस फिटनेस सेन्टर पुगिसकेको हुन्छु र गुरुको पूरा निगरानी/निर्देशनमै दुई घन्टा व्यायाम गर्छु । अहिले पनि गुरुको अनुमतिबाहिर गएर कहिल्यै लोड उठाउन्न र आफूखुसी गर्दिनँ । जिम गर्ने व्यक्तिलाई चर्को डाइट चाहिएला भन्ने धेरैलाई लाग्न सक्छ । तर, मेरो खानपान सामान्य नै छ । हेल्थ क्लबबाट फर्किएपछि ब्रेकफास्टमा अन्डाको सेतो भाग र ब्रेड खान्छु ।

अण्डाको पहेँलो भाग, दूध र दही कहिल्यै खान्न । बिहानको खानामा प्रायः भात खान्नँ । उमालेको चाउमिन, सुप, आलु साँधेकोजस्ता परिकार खान्छु । बजारिया फलफुल हाइजेनिक नलाग्ने भएकाले खान डर लाग्छ ।प्याकेजिङ जुसहरू भने पिउँछु । फलफूल र अन्य डाइटको सट्टा झोलयुक्त ताजा खानामा जोड गर्छु । सुप, थुक्पा, माछा र चिकेन सुप, गेडागुडी, दाल बढी खान्छु । मासु निकै कम खान्छु तर माछा–मासुका फ्राइड आइटम खान्न । बेलुकाको खानामा भात खान्न । सागसब्जी, रोटी र उमालेका झोलयुक्त परिकार नै खान्छु ।

खानेकुरा एकैपटक धेरै खान्नँ, थोरै–थोरै गरेर कुचुकुचु खाइरहन्छु ।अहिले पनि गुरुको अनुमतिबाहिर गएर कहिल्यै लोड उठाउन्नँ र आफूखुसी गर्दिनँ ।शारीरिक फिटनेसका लागि उठ्ने र सुत्ने नियमले ठूलो महत्व राख्छ । हरेक दिन बिहान ५ः३० बजे उठिसकेको हुन्छु भने राति १० बजेभित्र सुतिसक्छु । पानी तथा पानीयुक्त पदार्थ ले शरीरलाई निकै फाइदा गर्ने रहेछ । पानीले शरीरको बेकार बाहिर फाल्न तथा खाएका ठोस पदार्थ पाचनक्रियामा ठूलो सघाउ पु-याउने रहेछ । दिनभरमा तीन लिटरभन्दा बढी पानी पिएकै हुन्छ ।

बाहिर जाँदा घरबाटै ताजा र स्वस्थ पानी बोक्ने गर्छु । बिहान उठेलगत्तै भने पानी पिउँदिन । जिमको अबधिमा बेला–बेला ब्रेक लिँदै रेस्ट गरेर पानी पिउने गर्छु । दुई घन्टे जिम अवधिमै दुई लिटरजति पानी पिउँछु ।दूध तथा दूध राखेको चिया कफी कहिल्यै पिउ“दिन ।दिनभरमा ब्ल्याक कफी भने चार–पाँच कप पिउँछु । शारीरिक फिटनेसका लागि उठ्ने र सुत्ने नियमले ठूलो महत्व राख्छ । हरेक दिन बिहान ५ः३० बजे उठिसकेको हुन्छु भने राति १० बजेभित्र सुतिसक्छु । खाना खाएलगत्तै बेडमा पल्टिन्नँ, नत्र तौल बढ्छ ।

बेलुका ८ बजेभित्र खाना खाइसकेपछि केहीबेर परिवारसँग बजेर टेलिभिजन हेर्ने गर्छु र १० बजेभित्र सुतिसक्छु । शारीरिक रुपमा कुनै समस्या छैन । स्वास्थ्य पूर्ण ठीक छ । नियमित चेकजाँच पनि गराउँछ । डाक्टरले एउटा सुझाव दिएका छन्, खसीको मासु खान छाडिदिनु । त्यसो त मटन निकै कम खान्छु । तर, डाक्टरले भनेजस्तो चटक्कै छाड्न भने सकिन“ । माछा बाहेक सबैथरि मासु छोड्न मन छ ।

Must View