नागरिक पोष्ट News


सबैलाइ उपचार गर्ने डाक्टरको आफ्नै उपचार सम्भब नहुदा मृत्यु भयो

3.8K

पटक-पटक अरुला उपचार गरेर मृत्यु बाट जीवन दान दिएकि डाक्टर सुशिलाको नसोचेको मृत्यु भयो  । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशिलाको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। झापा शनिश्चरे मै घर भएकी डा यादवको आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतलेे जानकारी दिएको छ । निकै मिलानसार डाक्टर सुशिलाको निधनले  झापा शनिश्चरे पुरै रोएको छ ।

तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसयता उनी नियमित उपचारमा थिइन्। उनको क्यान्सरको शल्यक्रिया भारतमा भएको थियो। उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा थिइन्। भने केही समय काठमाडौं नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा समेत काम गरेकी थिइन्।

Must View