गुजरातमा भयानक आँधीबेहरी आउने चेतावनी ! सतर्क रहन आग्रह
2.9K
गुजरातमा भयानक आँधीबेहरी आउने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । हावाको गति तेज गतिमा आइरहेको जनाइएको छ । अरब सागरबाट आएको तुफानको रफ्तार ७५ देखि १३५ किलोमिटर प्रतिघण्टा आउने विभागले जनाएको छ ।
मौसम विभागले दिएको चेतावनीपछि गुजरातका सबै विद्यालय बन्द गरिएका छन् । चक्रवात बिहीबार बिहान ६ देखि ७ बजेको बीच वेरावलको आसपास आउने अनुमान गरिएको छ ।
चक्रपात मंगलबार बिहान वेरावलको दक्षिणमा ६९० किलोमिटरको दूरीमा थियो । मौसम विभागले सौराष्ट्र क्षेत्रमा भारी वर्षा हुनेसमेत जनाएको छ ।उद्धार र राहतका लागि तयारी अवस्थामा रहनका लागि अधिकारीहरुलाई उर्दी जारी गरिएको छ ।
कुनै पनि उद्धार कर्मचारीलाई बिदा दिइएको छैन । भारतका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ । वर्षाबाट सतर्क रहन आग्रह गरिएको छ ।