नागरिक पोष्ट News


अष्ट्रेलियामा नायिका वर्षाले देखाइन् पहिरन जात्रा, पहिरन तस्वीरमा हेर्नुहोस्

4.5K

चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । 

अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शन भइरहेको छ ।

चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रविन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा  । 

चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए । तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत । चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका छन् ।शो मा वर्षाले सेतो कपडामा कालो–कालो टीका भएको गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको अगाडीको भाग अलि बढी खुलेको थियो । 

Must View