नागरिक पोष्ट News


सुरक्षित तथा भयमुक्त सिरहा बनाउने एसपी उमा चतुर्देवीको प्रतिवद्धता

2.2K
  • आलोक यादव, सिरहा

जिल्ला प्रहरी कार्यालय सिराहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले ‘सुरक्षित सिराहा , अपराध मुक्त सिराहा’ आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । चार दिन अघि मात्र सरुवा भएर सिराहा आएका उनले कार्यालयमाा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो । आफूले पाएको जिम्मेवारी वहन गर्न कुनै कसर बाँकी नराख्ने तथा मातहतका निकाय तथा प्रहरीसमेत चुस्त दुरुस्त रुपमा जनताको सुरक्षाका लागि परिचालित रहने बताउँदै एसपी चतुर्वेेदीलेभने ‘‘सुरक्षित सिराहा, अपराध मुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ काम गर्ने मेरो पहिलो प्राथमिकता हो , यसमा आम जिल्लावासीको सहयोग र सहकार्य आवश्यक छ ।’ शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एवम् अपराध नियन्त्रण गर्न र स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधक बन्ने तत्वलाई कुनै पनि हालतमा छुट नदिने बताए ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसँग सम्झौता गर्न नसक्ने भन्दै त्यस्ता तत्वहरुलाई सचेत रहन चेतावनी दिए । प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी जिल्लामा घटित अपराधको निश्पक्ष, न्यायिक एवम् वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्लंघन गरी प्रयोगमा ल्याइएको पाइए कानुनी दायरामा ल्याउने, भुमिगत समुहको नाममा हुने अपराध, ठगी, तस्करी, लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघन रुपमा अघि बढाइने लगायतका योजनाहरु समेत एसपी चतुर्वेेदी सार्वजनिक गरे । प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका बाबजुद पनि प्रहरीले भ्याएसम्म शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकारहरुले नव आगन्तुक एसपी शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

एसपी चतुर्वेदीको धामाका हजारौ लिटर मदिरा बरामद  सिरहा

 सिरहाको गोलबजार नगरपालिका -६ मा प्रहरीले हजारो लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा अपरेशन शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीका अनुसार गोलबजारमा अबैध मदिराका कारण दिनहु समाजमा झै झगडा,घरेलु हिंसा,महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको हुनाले विशेष अपरेशन शुरु गरिएको वताए । उपरीक्षक चतुर्वेदीका अनुसार मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुदा यसलाई अभियानको रुपमा संचालन गरिएको वताए । गोलबजार नगरपालिकाको वडा न. ६ गुम्बा चौकको प्राय :हरेक घरमा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेको समाग्री र तयारी अबस्थामा राखिएको हजारौ लिटर मदिरा बरामद गरि नष्ट गरिएको छ । उपरीक्षक चतुर्वेदीले भने गुम्बा चौकमा अधिकाशं घरवेटीले मदिरा उत्पादन गरिरहेको छ । अप्रेशन टोलिले मदिरा उत्पादन गर्ने चुलो भठी,ड्म लगायतको सामग्री समेत नष्ट गरेका छन्।

Must View