नागरिक पोष्ट News


रातो मत्स्येन्द्रनाथको रथ जावलाखेलमा, भोटोजात्रा आइतबार

2.5K

भोटोजात्राअघि ३२–हाते रातो मत्स्येन्द्रनाथको रथ जावलाखेलतर्फ तानिँदै 

वर्षा र सहकालको देवता मानिने रातो मछिन्द्रनाथको रथ बिहीबार ललितपुरको लगनखेलबाट जाउलाखेल ल्याइएको छ ।

लगनखेलबाट जाउलाखेलसम्म रथ तान्न सयौं सर्वसाधारण सहभागी भएका थिए । जावलाखेलमा पुगेर गुरुजुको पल्टनले तीनपटक बढाइँ गरेपछि आजको यात्रा समापन भयो।

थटि टोलमा मीननाथको रथले छेकेर राखिएको रातो मत्स्येन्द्रनाथ रथ आज इटि टोल, कुमारीपाटी, मानभवन, तफालोहँ हुँदै माथि उल्लिखित क्रममा जावलाखेल पुर्‍याइएको छ।

रातो मत्स्येन्द्रनाथलाई स्थानीय नेपाल भाषामा बुंगद्यः भनिन्छ भने मीननाथलाई चाक्बहाःद्यः भनिन्छ। आजको रथयात्रा तथा आगामी भोटोजात्राका लागि जेठ ९ गते मंगलबजारस्थित मणिमण्डपमा जोशी थरका दुई ज्योतिषीले साइत हेरेका थिए।

उक्त साइतअनुसार आगामी आइतबार जावलाखेलमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत गुठीका प्रतिनिधि र दर्शनार्थी भक्तजनका माझ भोटोजात्रा देखाइनेछ।

Must View